अनुसन्धान टो"/>
अनुसन्धान टो"/>
प्रकाश बम, साउन २५, डोटी । हराएको हतियार खोज्न अनुसन्धान टोली गठन गरीएको छ । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलबाट हराएका हतियार र खरखजना खोज्न अनुसन्धान थालेको हो ।
अनुसन्धान टोलीमा अत्तरीयामा रहेको सेनाको पाँच नम्बर वाहिनिका वाहिनिपति राम शरण कार्कि,पृतनाका महासेनानि यम सापकोटालाई अप्रसेन अधिकृत तोकिएको बताईएको छ । सत्य तथ्य कुरा वाहिर ल्याउनको लागि अनुसन्धान टोली गठन गरीएको सैनिक मुख्यालयले जनाएको छ । तर नेपालि सेनाले अझै पनि हतियारको वारेमा कुरा भन्न मानिरहेको छैन ।
स्रोतका अनुसार सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा रहेको गरुडदलगणबाट शनिवार एक थान एसएम जि , दुईथान लोडेड म्याग्जीन, करीव दुई सय राउण्ड गासलि गाएव भएको जनाएको छ ।अनुसन्धान टोली गठन गरी अनुसन्धान भईरहेकाले अहिले नै सबै कुरा भन्न नमिल्ने नेपाली सेनाका सैनिक प्रबक्ता तारा बहादुर कार्किले बताए ।
डोटीमा कहिले भारतिय प्रहरीले हतियार लिएर प्रबेश गरेको घटना ,कहिले पेस्तोलले ज्यान लिएको र कहिले सेनाको गणबाट नै हतियार हराएको खवरले स्थानियमा एक किसिमको नैरासेता छाएको छ । यस्ता विषयमा सरकारको ध्यान समयमा जानु पर्ने सरोकारवालाहरु बताउछन् । निष्पक्ष तरीकाले क्षानविन गरी घटनालाई वाहिर ल्याउने कुरामा नचुक्न समेत स्थानियले सुझाव दिए ।