माघ
२२, बिर्तामोड (सास) । बिर्तामोडस्थित नोबल एजुकेशन फाण्डेशनद्वारा सञ्चालित सनसाइन किन्डर
हाउस एण्ड प्राइमेरी स्कूलले आफ्नो नवौं बार्षिकोत्सव कार्यक्रम शुक्रवार विविध कार्यक्रमसहित सम्पन्न
गरेको छ ।
विद्यालयका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अध्यक्ष गिरीले
र संस्थापक प्रिन्सिपल पूजा गिरीले पानसमा दीप प्रज्ज्वलन गरी संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा उपस्थित अभिभावकले छोटो समयमा नोबल एजुकेशन फाण्डेशनले विद्यार्थी
रमाउन सक्ने बातावरणको सृजना गरी उल्लेख्य प्रगति गर्नुका साथै नमूना शिक्षालय बन्दै गएको भन्दै प्रशंसा
गरे ।
उक्त अवसरमा विद्यालयमा लामो समयदेखि विद्यार्थी पठाउने अभिभावकलाई अध्यक्ष तथा तथा
संस्थापक गिरीले सम्मान गरेका थिए ।
कार्यक्रममा प्ले ग्रुपदेखि माथिल्ला सबै कक्षाका
विद्यार्थीले नृत्य नाटक, गीत लगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए ।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल बीना पोखरेलले विद्यालयको स्वागतसहित गतिविधि र भावी
योजनाको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रमको सञ्चालन
तेजस्वी गिरी र अर्पणा श्रेष्ठले गरेका थिए ।
२०६४ सालमा ३६ जना विद्यार्थीबाट सनसाहन किण्डर
हाउसको नाममा सञ्चालनमा आएको विद्यालयमा हाल ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । प्ले ग्रुपदेखि ५
कक्षासम्म पढाई हुने नोबल एजुकेशन पाउण्डेशन स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भरपर्दो
शिक्षा केन्द्रको रुपमा स्थापित भएको अभिभावक अर्चना थापाले बताइन् ।