२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

६ बैशाख २०७८, सोमबार ०६:२१

वैशाख ६, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । यहाँस्थित भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गरेका शिक्षक भट्टसँगै उहाँकी श्रीमतीलाई पनि सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि शिक्षक भट्टले आफ्नो सम्र्पकमा रहेका अन्य शिक्षक तथा विद्यार्थीसमेतलाई परीक्षणका लागि आग्रह गर्नुभएको छ ।

विद्यालयका अन्य १६ शिक्षकको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको विद्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरमा आइतबार भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका नौ व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट गड्डाचौकी हुँदै स्वदेश फर्किरहेका एक र ब्रह्मदेवमा नौ गरी दशमा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।

भारतमा पूर्णागिरी मेला शुरु भएसँगै सीमावर्ती नेपाली ब्रह्मदेव बजारमा चहलपहल शुरु भएको थियो । केही दिनअघि पनि ब्रह्मदेवमा छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ