२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

क्यान्सर मुक्त रहन जीवन शैली परिवर्तन आवश्यक

२०७२, २३ माघ शनिबार ०२:१०


cancerमाघ २३, विर्तामोड (सास) । क्यान्सर रोगको विषयमा
सचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्षको फ्रेबुअरी ४ तारिकमा मनाइँदै आएका विश्व क्यान्सर दिवस यस
वर्ष पनि विविध कार्यक्रम गर्दै मनाइएको छ ।

यस अवसरमा
स्वास्थ्य अधिकार तथा सुर्तिजन्य वस्तु नियन्त्रण सञ्जाल झापाको आयोजना र विराट सामुदायिक अध्ययन
केन्द्रको सहकार्यमा विर्तामोडस्थित विराट सामुदायिक केन्द्रमा अन्र्तक्रिया गरिएको छ ।

कार्यक्रममा सञ्जालका अध्यक्ष लोकप्रिय
खनालले विश्वमा प्रत्येक वर्ष  ३ करोड ८० लाख मानिसहरु नसर्ने रोगका कारण मृत्यू हुने गरेको र त्यस
मध्ये २ करोड ८० लाख अविकसित र कम विकसित देशका रहने गरेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य
अधिकृत व्रजेश मेहताले नसर्ने रोगका कारण हुने ८० प्रतिशत मृत्युहरु कम आय भएका गरिव देशहरुमा हुने
भएकाले नेपाल समेत खतरामा रहेको  बताए ।

विश्वमा प्रत्येक वर्ष  ३ करोड ८० लाख मानिसहरु नसर्ने रोगका कारण मृत्यू हुने
गरेको

मेहताका अनुसार नसर्ने रोगका
कारणहरुमा सुर्तिजन्य पदार्थको सेवन, अस्वस्थ भोजन, मादक पदार्थको सेवन र कम शारीरिक अभ्यास पाइएकाले
कम्तीमा आधा घण्टा पसिना निस्कने गरी शारिरिक अभ्यास गर्नुपर्ने, सन्तुलित भोजन सेवन गरी जीवन शैली
परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

नेपाल अर्वुद रोग नियन्त्रण संघ झापाका सभापति केशव पोखरेलले सुर्तिजन्य पदार्थको सेवन
न्यूनिकरणका लागि स्कुलमा अध्ययन गर्ने छात्रछात्राहरुमा जनचेतना जगाउनु पर्ने र क्यान्सर रोग निवारणका
लागि जनचेतना वृद्धि गर्न समेत विद्यार्थीलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ जनस्वास्थ्य
प्रशासक चन्द्रदेव मेहताले नसर्ने रोग नियन्त्रणका लागि पर्याप्त चेतना वृद्धि गर्नु पर्ने आजको
आवश्यकता रहेको धारणा राख्दै नसर्ने रोग लागेको विपन्न नागरिकहरुका लागि चिकित्सकको सहयोगमा उपचार सहयोग
दिने गरेको जानकारी दिएका थिए ।

सुर्तिजन्य पदार्थको सेवन, अस्वस्थ भोजन, मादक पदार्थको सेवन र कम शारीरिक अभ्यास
पाइएकाले कम्तीमा आधा घण्टा पसिना निस्कने गरी शारिरिक अभ्यास गर्नुपर्ने, सन्तुलित भोजन सेवन गरी जीवन
शैली परिवर्तन गर्नु पर्ने

गत वर्ष
विपन्न नागरिक उपचार सहयोग अन्तर्गत ४ सय २० जनालाई सिफारिस गरिएकोमा २ सय २९ जना क्यान्सरका विरामी
रहेको र यस वर्ष श्रावणदेखि  हालसम्म २ सय २२ जना सिफारिस गरिएकामा १ सय २४ क्यान्सरका विरामी रहेको
जानकारी दिए ।

अन्तक्र्रियाप्रति नाइट चेस क्लवका गोविन्द न्यौपाने, गैसस महासंघका अध्यक्ष रुद्र सिटौला र
सदस्य हरी गौतमले टिप्पणी गरेका थिए ।

टिका अधिकारीको
सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता