२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

वर्षात्ले सामुदायिक वनको डढेलो निभाउँदै, स्थानीयवासी खुशी

७ बैशाख २०७८, मंगलवार ०५:२०

वैशाख ७, डोटी । जिल्लामा लामो समयपछि वर्षा भएको छ । वर्षा भएसँगै यहाँका सामुदायिक वनमा लागेको आगो पनि निभ्दै गएको छ । वर्षासँगै यहाँका किसान खुशी भएका हुन् । 

पानी परेसँगै खेतीबाली सप्रिने, केही दिनअघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको शिखर नगरपालिका–२ का चेतबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीले पूरै वन सखाफ भएको थियो, वातावरणीय प्रदूषण पनि खराब थियो, अहिले पानी परेपछि राम्रो हुँदै गएको छ ।”

बिहीबार, शुक्रबार तथा शनिबार लगातार तीन दिन पानी पर्दा यहाँका बाँझो जमिन खनजोत गर्न तथा मकै छर्नका लागि निकै सहज भएको किसान बताउँछन् । डिभिजनल वन कार्यालय डोटीका अनुसार यहाँका सयौँ वन क्षेत्रमा लागेको आगो लगातार पानी पर्दा नियन्त्रणमा आउन थालेको छ । यस वर्ष गएको एक महिनाको अवधिमा जिल्लाका कम्तीमा पनि ३६० सामुदायिक तथा अन्य सरकारी वनमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए ।

डढेलोका कारण आगलागी हुँदा दर्जनौँ घरसमेत जलेका छन् । गएको असोज महिनायता पानी नपरेपछि यस वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थियो भने बर्खेखेती लगाउन पनि असर परेको किसान बताउँछन् । जिल्लामा लागेको डढेलो निभाउन नसकिँदा सयौँ हेक्टर जमिन तथा त्यहाँ उम्रिएका जडीबुटी नोक्सान भइरहेको बेला एकाएक परेको पानीले आगो नियन्त्रणमा आउन निकै सहज भएको डिभिजनल वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान