दोस्रो लहरविरुद्ध लड्ने तयारी खै ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

वैशाख ७, जलेश्वर। विश्वजगत् कोरोनाको दोस्रो लहरबाट आक्रान्त हुन थालेको अवस्थामा महोत्तरी जिल्लामा कोरोनासँग लड्ने कुनै तयारी छैन । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका कुनै पनि स्थानीय तहले बढ्दै गएको कोरोना सङ्क्रमणको सामना गर्नका लागि कुनै पनि चासो देखाएको छैन ।

छिमेकी मुलुक भारतको विहार राज्यमा दिनानुदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा महोत्तरीको १३.८ किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाकाले यस जिल्लालाई समेत प्रभावित पार्न थालिसकेको अवस्थामा पनि यहाँका कुनै पनि सम्बन्धित निकायले त्यसप्रति ध्यान दिएका छैनन् । वैशाखको १ गतेदेखि ६ गतेसम्म मात्रै महोत्तरीमा तीन महिला र १५ पुरुषसहित १८ जना सक्रिय कोभिड सङ्क्रमित भइसकेका छन् ।

कोभिड– १९ सँग सामना गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने स्वास्थ्य कार्यालय जलेश्वर, महोत्तरीका वरिष्ठ जनस्वास्थ्य अधिकृत नगेन्द्रप्रसाद चौधरीले आफूहरुसँग केही पनि नरहेको र सबै अधिकार स्थानीय तहमा गइसकेकाले यस महामारीसँग लड्न अस्पतालमा हाल कुनै पनि तयारी नरहेको बताउनुभयो ।

उहाँले जिल्लाका सबै स्थानीय तहलाई तीन÷चार दिनपूर्व नै कोरोनाविरुद्धको तयारीमा लाग्न पत्राचार गरिसकेको र प्रत्येक पालिकाका स्वास्थ्य संयोजकलाई बोलाएर आवश्यक निर्देशनसमेत दिइसकेको भए पनि कुनै पनि पालिकाले अहिलेसम्म त्यसका लागि कुनै पनि तयारी नगरेको बताउनुभयो ।

उहाँले अहिले जिल्ला अस्पतालसहित कुनै पनि पालिकामा क्वारेन्टिन, आइसोलेशन, हेल्थ डेस्क, स्वास्थ्यकर्मी परिचालनलगायतका कुनै व्यवस्था नरहेको बताउनुभयो । उहाँले जिल्लामा कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्लाको सीमा नाकामा तुरुन्त हेल्थडेस्क पुनःस्थापना गर्न, जिल्ला अस्पताल तथा प्रत्येक पालिकामा क्वारेन्टिन र आइसोलेशन पुनःस्थापना गर्न र पर्याप्त सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयबाट प्रत्येक पालिकालाई मास्क, स्यानिटाइजर, पिपिइ गाउन, बुट, गगल्स पठाइसकिएको र मागबमोजिम अझै पनि पठाउने क्रममा जारी रहेको उहाँके भनाइ थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply