२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

१० बैशाख २०७८, शुक्रबार ०५:०५

वैशाख १०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी निज महिला डोटीको आदर्श गाउँपालिका–१ बाँझकाकनी बस्ने ४५ वर्षीया वसन्ती लुहार रहेकी छन् । 

यही वैशाख २ गतेदेखि बेपत्ता भएकी निज महिलाको शव पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको सीमा क्षेत्रमा रहेको बुढाबाझ बागघेरी सामुदायिक वनको पक्की सडकभन्दा करिब ८०० मिटर तल भिरमा फेला परेको थियो । निजको हत्या गरेर फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

मृतक महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटी, मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “शव केही दिन पहिलेको जस्तो छ, शरीरभरि किरा परेको छ, ती महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा अनुसन्धान शुरु गरेका छौँ ।” घटना बारेमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिलाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । 

शव परीक्षणपछि मृतकका घरपरिवारलाई हस्तान्तरण गरिने सूचना अधिकारी मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ