<p><b>वैशाख १०, दाङ ।</b> यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी छ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।</p><p> छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।<br></p>
April 23, 2021
दाङ्ग - DNG, समाज
दाङमा इनारमा डुबेर मृत्यु
By kit
1 मिनेट पढाइ










