२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

कोरोना नियन्त्रणका योजना कागजमै सीमित

२०७८, १३ बैशाख सोमबार ०२:२७

वैशाख १३, म्याग्दी | कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । 

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउनुहुन्छ तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन । 

कालीपुलको नाकामा एक जना नेपाल प्रहरीका कर्मचारीले मात्र जाँच गरिरहेका थिए । स्थानीय तयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको भनिएको होल्डिङ सेन्टर बन्द थियो । बजारमा बढ्दो भिडभाड तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरवाहीले म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेको हो । यही वैशाख ९ गते ११ जनामा कोरोना पुष्टि भएको म्याग्दीमा आइतबार थप छ जनामा कोरोना सङ्क्रमण भएको छ । 

यही दरमा सङ्क्रमण बढेको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाले कोरोनाका बिरामीको उपचारका लागि चाप धान्न नसक्ने चिकित्सकले बताएका छन् । बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भएको लापरवाहीले सङ्क्रमण फैलिएको बताउनुभयो । “हात धुने ठाउँ हटेका, भीडभाड हुन थालेका, मास्क लगाउन छाडेका छन्”, उहाँले भन्नुभयो, “ओपिडिमा धेरैजसो श्वासप्रश्वासका बिरामी आउन थालेका छन् । भिड नियन्त्रण र अनुशासनमा नरहने हो भने म्याग्दीमा कोरोना भयावह हुने खतरा छ ।” 

विदेश, कोरोना फैलिएका जिल्ला तथा शहरमा हुने आवतजावत, पर्यटक, मेला, जात्रा, धार्मिक र सांस्कृतिक कार्यक्रम, राजनीतिक गतिविधिले कोरोना फैलिने जोखिम बढाएको हो । बेनी अस्पतालमा पाँच शय्या क्षमताको सघन उपचार कक्ष सञ्चालन र सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउने व्यवस्था मिलाइएको छ । 

स्थानीय तहले स्थापना गरेका पाँच/पाँच शय्या क्षमताको कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको तीन महिनाका लागि गरिएको करार सम्झौताको म्याद सकिएको छ । धौलागिरि गाउँपालिकाले भर्ना गरेका चिकित्सकलाई सेवा करारको अवधि थप गर्न लागेको छ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सङ्क्रमितको उपचारमा पूर्वाधार अभाव भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “भवन निर्माण अलपत्र हुँदा पूर्वाधार अभावले नियमित सेवा प्रवाह र उपचार प्रभावित बनेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन भवनका केही कोठालाई रङरोगन र व्यवस्थापन गरेर कोरोना अस्पताल बनाउने छलफल चलेको छ तर कोरोना अस्पताल राखेको निहुँमा ठेकेदारलाई बाहना खोज्ने वातावरण नबनोस् भनेर सचेत हुनुपर्ने छ ।”

सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय, शैक्षिक संस्थामा मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने व्यवस्था छैन । जोखिम बढे पनि स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबीच समन्वयमा काम हुन सकेको छैन तर प्रजिअ अधिकारी भने सुरक्षा निकायले पूर्णरूपमा साथ दिएको र स्थानीय तहहरुसँग प्रभावकारी समन्वय भएको जिकिर गर्नुहुन्छ । होल्डिङ सेन्टरमा बाहिरबाट आउनेको विवरण दर्ता गरेर सम्बन्धित वडा र पालिकासँग समन्वय गरेर पठाउने व्यवस्था मिलाएको प्रजिअ अधिकारीले बताउनुभयो ।  

कोरोना पुष्टि भएकाको पसल बन्द गराएको, सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा बस्न लगाएको प्रजिअले बताउनुभयो । सचेतनाका लागि जिसस प्रमुख देवेन्द्र केसीको उपस्थितिमा बजारमा घरदैलो गरे पनि नागरिकले मापदण्ड पालनामा बेवास्ता गरेका उहाँले गुनासो गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने