2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्’

बैशाख १४, काठमाडौं । नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्।

उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्। हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ। श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ। हिमलाललाई भने छाती दुख्ने समस्या छ।

गत बुधबार कोरोना पोजेटिभ देखिएपछि ५२ वर्षका यी दम्पती अस्पतालमा भर्ना भएका हुन्। ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ। खाली नहुँदा मैले बेड पाइनँ। अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ उनले नागरिकसँग भने।

तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजोअस्तिसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भए पनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिएँ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल बताउँछन्।

‘सेतो कपडा (पिपिई) लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, उनीहरू लास उठाएर बाहिर लैजान्छन्, कसैलाई त भित्र ल्याउँदाल्याउँदै मरेपछि बाटाबाटै फर्काएर लैजानुपर्छ,’ उनले त्यहाँको अवस्था वर्णन गर्दै भने।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द