माघ २४, विर्तामोड । नेपाल पत्रकार महासंघ झापाले आर्थिक कारोबार
पारदर्शी रुपमा नगरेपछि अध्ययन तथा छानविन समिति बनाइएको छ ।
महासंघ झापाको वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा
पारदर्शी नपाइएपछि बन्द सत्रमा सहभागी सदस्यहरुले छानविन समितिको माग गरेका थिए ।
महासंघका कोषाध्यक्ष प्रेम आचार्यको आर्थिक प्रतिवेदन बन्द
सत्रमा पारित नभएपछि ५ सदस्यीय छानविन समिति बनाइएको हो । प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी
पत्रकार महासंघ, फोरिज र संघीय प्रेस युनियनका प्रमुख रहने गरी समिति बनाइएको सचिव एकराज गिरीले जानकारी
दिए ।
समितिले एक महिना भित्र काम
सम्पन्न गर्ने छ ।