२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द

१६ बैशाख २०७८, बिहीबार ०५:०६

वैशाख १६, गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको थियो । सिंगा तातोपानीसँगै उत्तरी म्याग्दीको भूरुङतातोपानी, मुदी बगरको तातोपानी, हिस्तान लगायतका ठाउँमा रहेका तातोपानीका कुण्डहरु पनि बन्द भएका छन् ।

साथै प्रशासनले गलेश्वर, महारानीथानको नित्यपूजा बाहेकका अन्य गतिविधि नगर्न, विवाहमा बाजा नबजाउन, २५ जना भन्दाबढी भेला नहुन, जिमखाना, कबर्डहल र योग केन्द्रहरु पनि बन्द गराउन आदेश जारी गरेको छ ।

यसअघि मङ्गलवार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले वैशाख १५ देखि २८ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सदरमुकाम बेनीबजार पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बन्दै जान थालेको छ । बुधबारमात्रै यहाँ पिसिआर विधिबाट गरिएको परीक्षणमा १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सदरमुकामबाहेक ग्रामीण क्षेत्रहरुमा समेत सङ्क्रमित भेटिन थालेपछि चिन्ता बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ४६ जना सक्रिय कोरोना सङ्क्रमित देखिएका छन् ।

देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरी उपचार गराउन मानिसहरु आउने भएकाले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको आगमन हुँदा यसले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले पूर्व सतर्कता अपनाएर  अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम न्यूनीकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्डलाई पुनः सञ्चालन गराउने व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा अहिले ५०० भन्दा बढी बिरामीले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् । जमिन भित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाइतिसलगायतका रोगहरु निको हुने मान्यता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने