2026-09-13 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द

वैशाख १६, गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको थियो । सिंगा तातोपानीसँगै उत्तरी म्याग्दीको भूरुङतातोपानी, मुदी बगरको तातोपानी, हिस्तान लगायतका ठाउँमा रहेका तातोपानीका कुण्डहरु पनि बन्द भएका छन् ।

साथै प्रशासनले गलेश्वर, महारानीथानको नित्यपूजा बाहेकका अन्य गतिविधि नगर्न, विवाहमा बाजा नबजाउन, २५ जना भन्दाबढी भेला नहुन, जिमखाना, कबर्डहल र योग केन्द्रहरु पनि बन्द गराउन आदेश जारी गरेको छ ।

यसअघि मङ्गलवार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले वैशाख १५ देखि २८ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सदरमुकाम बेनीबजार पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बन्दै जान थालेको छ । बुधबारमात्रै यहाँ पिसिआर विधिबाट गरिएको परीक्षणमा १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सदरमुकामबाहेक ग्रामीण क्षेत्रहरुमा समेत सङ्क्रमित भेटिन थालेपछि चिन्ता बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ४६ जना सक्रिय कोरोना सङ्क्रमित देखिएका छन् ।

देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरी उपचार गराउन मानिसहरु आउने भएकाले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको आगमन हुँदा यसले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले पूर्व सतर्कता अपनाएर  अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम न्यूनीकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्डलाई पुनः सञ्चालन गराउने व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा अहिले ५०० भन्दा बढी बिरामीले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् । जमिन भित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाइतिसलगायतका रोगहरु निको हुने मान्यता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन