2026-09-12 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

 वैशाख १९, लुम्बिनी (रासस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १९क० बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ  । 

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृतिलगत्तै नेकपा ९एमाले० एकल सरकार गठनको दावीसहित अघि बढ्ने प्रदेशसभामा पार्टीका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।  प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल भएकाले अब आफ्नै नेतृत्वमा एकल सरकार गठनका लागि अगाडि बढ्न मुख्यमन्त्रीले राजीनामा दिएको प्रमुख सचेतक ढकालले स्पष्ट गर्नुभयो ।  एमाले अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका लागि अगाडि बढ्ने जनाइएको छ ।

तीन वर्षअघि नेकपा९माओवादी केन्द्र० सम्मिलित एमालेका पोखरेल नेतृृत्वको सरकारविरुद्ध केही दिनअघि माओवादी केन्द्र र नेपाली कांग्रेससहितले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै माओवादी केन्द्र मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारबाट फिर्ता भएको थियो । सोही दिन मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार सदस्यलाई सरकारमा सहभागी गराई मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । 

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजदेखि प्रदेशसभामा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । प्रदेशसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा