साउन २६,पर्वत। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । 

असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६,पर्वत। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । 

असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिराका कारण पर्बतमा ९९ घरपरिवार खतरामा

२६ श्रावण २०७३, बुधबार ०२:५०

साउन २६,पर्वत। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । 

असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब ९९ घरपरिवार विस्थापनको खतरामा परेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वर्षासँगै बस्ती माथिबाट आएको पहिरोका कारण उत्तरी पर्वतको माझफाँट–९ का ६ घर पूर्णरुपमा विस्थापित बनिसकेका छन् । बाढीका कारण भूकम्पले हल्लिएको र चिरिएका ठाउँ कमजोर बनेका हुन् । जिल्लाको भँगरा–२ गैरीस्वाँराका २१ घरधुरी, देउराली–६ को जहेलेका २२ घर, कुश्मा नगरपालिका–१, मालढुङ्गाका नदी किनारमा बसेका झन्डै २५ घरपरिवार विस्थापनको खतरामा परेका छन् । 

त्यसैगरी, बाँसखर्क–९ का ७ घरपरिवार र माझफाँट–९ का २४ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको भनी विभिन्न प्राविधिक टोलीबाट समेत प्रतिवेदन प्राप्त भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

जोखिममा देखिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने भन्ने निर्णय भएको समेत सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँलाई सुरक्षित स्थानमा सार्नका लागि गृहकार्य भइरहेको ढकालले जानकारी दिनुभयो । कुश्मा नगरपालिका तथा सम्बन्धित गाविसले जोखिममा रहेका बस्तीका समुदाय एवम् स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिसँग समन्वय एवम् छलफल गरी नजिकैको सुरक्षित स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्ने तयारी गरेको बताइएको छ । 

पहिरोकै कारण साउन १२ गते राति धौलागिरि कपास उद्योग माझफाँटको भवन पुरिँदा १२ वर्षीया अंकिता तामाङको ज्यान गएको थियो भने आठजना घाइते भएका थिए । वर्षाले कालीगण्डकीको सतह बढ्दा र कटानका कारण पर्वत बेनीका तथा बगरफाँटका करिब २००, इमिचौरका १० र शालिग्राम गाविसस्थित सेतीवेणी बजारका झन्डै २५ परिवार जोखिममा रहेका छन् । 

जुनसुकै बेला पनि पहिरो आउने वा कालीगण्डकीको कटानका कारण दुर्घटना निम्तिने भयका कारण स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह