साउन २६,पर्वत। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । 

असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६,पर्वत। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । 

असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण "/>

2026-09-19 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिराका कारण पर्बतमा ९९ घरपरिवार खतरामा

साउन २६,पर्वत। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् । 

असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब ९९ घरपरिवार विस्थापनको खतरामा परेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वर्षासँगै बस्ती माथिबाट आएको पहिरोका कारण उत्तरी पर्वतको माझफाँट–९ का ६ घर पूर्णरुपमा विस्थापित बनिसकेका छन् । बाढीका कारण भूकम्पले हल्लिएको र चिरिएका ठाउँ कमजोर बनेका हुन् । जिल्लाको भँगरा–२ गैरीस्वाँराका २१ घरधुरी, देउराली–६ को जहेलेका २२ घर, कुश्मा नगरपालिका–१, मालढुङ्गाका नदी किनारमा बसेका झन्डै २५ घरपरिवार विस्थापनको खतरामा परेका छन् । 

त्यसैगरी, बाँसखर्क–९ का ७ घरपरिवार र माझफाँट–९ का २४ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको भनी विभिन्न प्राविधिक टोलीबाट समेत प्रतिवेदन प्राप्त भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

जोखिममा देखिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने भन्ने निर्णय भएको समेत सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँलाई सुरक्षित स्थानमा सार्नका लागि गृहकार्य भइरहेको ढकालले जानकारी दिनुभयो । कुश्मा नगरपालिका तथा सम्बन्धित गाविसले जोखिममा रहेका बस्तीका समुदाय एवम् स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिसँग समन्वय एवम् छलफल गरी नजिकैको सुरक्षित स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्ने तयारी गरेको बताइएको छ । 

पहिरोकै कारण साउन १२ गते राति धौलागिरि कपास उद्योग माझफाँटको भवन पुरिँदा १२ वर्षीया अंकिता तामाङको ज्यान गएको थियो भने आठजना घाइते भएका थिए । वर्षाले कालीगण्डकीको सतह बढ्दा र कटानका कारण पर्वत बेनीका तथा बगरफाँटका करिब २००, इमिचौरका १० र शालिग्राम गाविसस्थित सेतीवेणी बजारका झन्डै २५ परिवार जोखिममा रहेका छन् । 

जुनसुकै बेला पनि पहिरो आउने वा कालीगण्डकीको कटानका कारण दुर्घटना निम्तिने भयका कारण स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो