माघ २५, सुरुङ्गा (सास) । झापाकै प्रसिद्ध
पर्यटकीय क्षेत्र जामुनखाडीमा प्रणय दिवसको सन्दर्भ पार्दै लाइभ कन्सर्ट गरिने भएको छ ।
सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै
फागुन ३ गते सयपत्री युवा क्लब, झापाको आयोजनामा कन्सर्ट गर्न लागिएको जनाइएको हो ।
प्रणय दिवसलाई मध्यनजर गर्दै पर्यटकीय
स्थल जामुखाडीलाई थप सांगीतिक बनाउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष इन्द्रजित बुडाले जानकारी दिए
।
कार्यक्रममा राष्ट्रिय
स्तरकासहित स्थानीय ब्याण्डहरुको बेजोड प्रस्तुति रहने बताइएको छ । कार्यक्रमको मुख्य आकर्षण ‘बि–एट’
ब्याण्ड रहने आयोजकले जनाएको छ ।
साथै, काठमाण्डौंको लक्ष्य ब्याण्डसहित स्थानीय सङ्कल्प, टुके सिक्सटीन लगायतका ब्याण्डहरुको
प्रस्तुति रहने बुझिएको छ ।
कलाकार डम्बर नेपाली लगायत अन्य थुप्रै कलाकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम दिउँसो १
बजेदेखि शुरु हुने सङ्कल्प ब्याण्डका भोकलिस्ट सुमित पाठकले जानकारी दिए ।