साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको लाङटाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला सुरु हुनैलाग्दा पाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको लाङटाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला सुरु हुनैलाग्दा पाँ"/>
२८ मंसिर २०८२, शनिबार
समाज

तीर्थस्थल पाँचपोखरी पुग्ने सडक अवरुद्ध

२६ श्रावण २०७३, बुधबार ०५:५९

साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको लाङटाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला सुरु हुनैलाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोेताङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । 

वर्षाको कारण पाँचपोखरीसम्म पुग्ने सडकखण्डमा यातायात सञ्चालनमा पहिरोले समस्या हुँदा मेला भर्नका लागि जाने पर्यटकले पैदल हिँड्नुपर्ने अवस्था आएको हो । हरेक वर्षको भाद्र महिनामा जनैपूर्णिमाको दिन मुख्य मेला भर्नका लागि पाँचपोखरीमा विभिन्न गाउँ र विभिन्न जिल्लाबाट तीर्थालु जाने गर्दछन् । इन्द्रावती नदीको मुहान मानिने पाँचपोखरीमा सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्ड गरी पाँचवटा छुट्टाछुट्टै पोखरी रहेका छन् । 

विभिन्न जात र धर्मका भक्तजन आ–आफ्नो संस्कृति र विश्वासअनुरुप पूजाआराधना तथा स्नानका लागि पाँचपोखरी पुग्ने गर्दछन् । प्रत्येक बर्खामा हुने अविरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध गर्ने हुँदा तीर्थस्थलसम्म पुग्ने तीर्थयात्री तथा पर्यटक दुई दिनको समय लगाएर हिँड्न बाध्य हुने गरेका छन् ।

गुन्सा गाविसका काले गोले भन्नुहुन्छ, “हरेक बर्खाको समयमा पहिरोकोे कारण यातायात सञ्चालन नहँुदा धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी जाने तीर्थयात्रु तथा पर्यटकले निकै सास्ती खेप्नु परेको छ । वर्षाको कारण मेलम्ची–भोेताङ सडकखण्डकोे विभिन्न ठाउँमा गएको पहिराको कारण उत्तरी गाविस गुन्सा, भोताङ, भोटेनाम्लाङ, थाङ्पालधाप लगायतका स्थानीयवासी सो क्षेत्रको मुख्य बजार मेलम्चीबाट पाँच—छ घन्टाको बाटो हिँड्न बाध्य रहेको उहाँ बताउनुहुन्छ । 

पाँचपोखरीमा स्नान गरेपछि पापबाट मुक्ति मिल्ने र पितृकोे स्वर्गमा बास मिल्ने विश्वास राखिन्छ । पाँचपोखरी स्नानसँगै रैथानेश्वर पोखरी र नौलिङ्गेश्वरमा पनि मेला भर्ने परम्परागत प्रचलन रहेको छ । मेलामा तामाङ समुदायका विभिन्न झाँकीले सांस्कृतिक मेला भर्ने गर्दछन् । काठमाडौँ उपत्यकालगायत काभ्रे, दोलखा, रामेछाप, सिन्धुली समेतका तीर्थयात्री मेलम्ची हँुदै पाँचपोखरी र गोसाइँकुण्ड जाने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ