२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आइसोलेशन श्यया तयार पार्दै स्याङ्जाका पालिकाहरु

२२ बैशाख २०७८, बुधबार ०९:०९

वैशाख २२, वालिङ (रासस)। नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन श्यया निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको श्यया निर्माणको कार्यलाई तीव्रता दिएका हुन् ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ श्यया सञ्चालनमा ल्याएको छ । वालिङ नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाइजरसहितको सुविधा सम्पन्न छ श्यया तयार गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “अस्पतालमा पहिलो चरणमा हामीले छ श्यया निर्माण गरी सञ्चालनमा ल्याएका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “केही दिनभित्रैमा २५ श्यया क्षमताको पुर्याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।”

 वालिङका नागरिकको स्वास्थ्यसम्बन्धी उपचारका लागि नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “सबैभन्दा ठूलो नागरिकको स्वास्थ्य हो यसप्रति नगरपालिका सजग र सचेत छ”, प्रमुख खाँणले भन्नुभयो, “कोभिड सङ्क्रमित कोही पनि बिरामीलाई अक्सिजनको कमी हुन दिने छैनौँ र उपचारमा कुनै अभाव महसुस हुन नदिने गरी तयारी गरिरहेका छौँ ।”

अस्पतालमा निर्माण गरिएको सुविधा सम्पन्न आइसोलेशनमा चौबिसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजिनसमेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख चिकित्सक सरोज थापाले बताउनुभयो । परीक्षणको दर वृद्धिसँगै सङ्क्रमितको दर पछिल्ला दिनहमा बढ्दै गएकाले जटिल बिरामीलाई अस्पतालमै र सामान्य बिरामीलाई होम आइसोलेशनमा राखिएको प्रमुख चिकित्सक थापाले बताउनुभयो ।

 स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थित भाटखोला स्वास्थ्यचौकीमा २० श्ययाको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । कोभिड सङ्क्रमितलाई राख्नका लागि प्रत्येक कोठामा शौचालय र नुहाउने कोठाको सुविधा, तातो र चिसो पानीको व्यवस्था, बिरामीहरुको ज्वरो नाप्ने थर्मोमिटर, रक्ताचाप नाप्ने उपकरणहरुको प्रबन्ध मिलाइएको अध्यक्ष सुवेदीले बताउनुभयो । “अहिलेसम्म गाउँपालिकाभित्र सक्रिय सङ्क्रमितहरु दुईजना छन्, उहाँहरु होम आइसोलेशनमा बस्नुभएको छ”, अध्यक्ष सुवेदीले भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा  आइसोलेशनमा राखेर उपचार गर्नेछौँ ।”

आइसोलेशन सेन्टरमा इन्टरकम फोन र टेलिभिजन जडान गरिएको छ । सिसी क्यामेराको जडान गरी उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने वा निगरानी गरिरहने व्यवस्था मिलाएको छ । 

यसैगरी स्याङ्जा सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले करेण्डाँडा स्वास्थ्यचौकीमा २० श्यया क्षमताको आइसोलेशन कक्ष निर्माण गरेको नगरप्रमुख सीमा क्षेत्रीले बताउनुभयो । त्यस्तै गणेशपुर स्वास्थ्य चौकीमा पनि २० श्यया क्षमताको आइसोलेशन कक्ष बनाउने कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । एघार पालिका रहेको स्याङ्जामा अन्य पालिकाले पनि आइसोलेशन कक्ष तथा क्वारेन्टिनहरुको निर्माण कार्यलाई तीव्रता दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान