२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सङ्क्रमित बोक्नै मान्दैनन् एम्बुलेन्स चालक

२३ बैशाख २०७८, बिहीबार ०४:१८

विमलबहादुर विष्ट | वैशाख २३, डोटी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् । चालकले सङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ । कोराना भाइरसका सङ्क्रमित बिरामीलाई बोक्नका लागि डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ । कोरोना सङ्क्रमित बिरामीका आफन्तहरुले फोन गर्दा चालकले आफूहरुसँग कोरोनाबाट जोगिने कुनै पनि सुरक्षा सामग्री नभएका कारण बोक्न नसक्ने भन्दै आलटाल गर्ने गरेको स्थानीयवासी हर्कबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमित बिरामी लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा कुन बिराम भएको हो भन्छन्, कोरोना भनेपछि बोक्नै मान्दैनन् ।” एम्बुलेन्स चालकहरुले नै कोरोना सङ्क्रमित बोक्न नमान्ने गर्न थालेपछि यहाँका गाउँघरमा बिरामी भएकाहरुलाई जिल्ला सदरमुकामका अस्पताल तथा जिल्लाबाहिर लैजान निकै समस्या हुन थालेको स्थानीयवासीको गुनासो छ । कोभिड नियन्त्रणसम्बन्धी न्यूनतम सुरक्षा तथा सावधानी नभएको अवस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेकाले बोक्न केही असहज भएको एम्बुलेन्स चालकहरुको भनाइ छ । कोरोना सङ्क्रमित बिरामीलाई बोक्नलाई कुनै पनि सामग्री नभएका कारण समस्या हुँदै आएको र बिना सुरक्षा बिरामी बोक्न नसकिने केआइसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा सामग्री छैन, हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र सावधानीबिना काम गर्न कसरी सकिन्छ ?” 

अधिकांश एम्बुलेन्स चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् । उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दैन भन्न नमिल्ने र त्यसो गरेको प्रमाणित भए कारवाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स चालकले कोरोना सङ्क्रमित बोक्दिन भन्न कुनै हालतमा पनि पाउँदैनन, आफ्नो सुरक्षा सावधानी अपनाएर समस्या परेका बखत बिरामी बोक्नै पर्छ ।”

जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गए पनि उनीहरुलाई अस्पतालसम्म पु¥याउन पर्याप्त एम्बुलेन्स नहुँदा झनै समस्या उत्पन्न भएको बताइएको छ । जिल्ला सदरमुकाम सिलगढीमा केही दिन यतादेखि एम्बुलेन्सको अभाव देखिएको छ । सदरमुकाममा जम्मा दुई वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् । जिल्ला अस्पताल डोटीका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्बुलेन्स प्रयोगमा नरहेका कारण एम्बुलेन्स अभाव देखिएको स्थानीयवासी तथा सञ्चारकर्मी कर्ण चन्दले जानकारी दिनुभयो । एम्बुलेन्स बिग्रिएपछि मर्मत नभएका कारण जिल्ला सदरमुकाममै एम्बुलेन्सको अभाव देखिएको हो । दिपायलमा रहेको शैलेश्वरी अस्पताल र चोपडा अस्पतालका दुई वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला अस्पताल डोटीको एक एम्बुलेन्स बिग्रिएको र अर्को सेती प्रादेशिक अस्पताल कैलालीमा रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स पनि बिग्रिएको र मर्मतका लागी कैलालीमा लगिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग भएको एउटा एम्बुलेन्स बिग्रेका कारण मर्मतका लागि पठाएका छौँ, एम्बुलेन्स मर्मत भएर आएको छैन, आएपछि सञ्चालन हुन्छ ।”

यसैगरी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको ५० शय्याको सुजङ अस्पताल पनि एम्बुलेन्सविहीन छ । जिल्लाभरिमा कुल १५ वटा एम्बुलेन्स रहेको अवस्थामा जिल्ला सदरमुकाम सिलगढीमा रहेका तीन वटा एम्बुलेन्स एक साथ बिग्रँदा एम्बुलेन्सको अभाव भएको हो । डोटी जिल्लामा नौ वटै स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तहभित्र भएका बिरामी बोक्ने गरेका छन् । अहिले १२ वटा एम्बुलेन्स मात्र सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक तेजवीक्रम शाहीले जानकारी दिनुभयो । सङ्क्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर उपचारका लागि लैजान एम्बुलेन्स नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु