2026-09-18 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा शवबाहन नभएपछि प्रदेशसँग मागिँदै

वैशाख २३, काभ्रेपलाञ्चोक (रासस)। कोरोना सङ्क्रमणबाट यहाँ दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शवबाहन मागिने भएको छ ।

केन्द्रको बैठकले कोभिड–१९ को दोस्रो लहरबाट मृत्यु भएकासमेतको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्ने गरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी तथा स्थानीय तहमा शवबाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शवबाहन माग्ने निर्णय गरेको हो । “दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेको छ, जिल्लामा शवबाहन नहुँदा प्रदेशमा माग्न लागेका हौँ”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार केन्द्र मातहत रहने गरी हाललाई एक थान शवबाहन मागिएको हो । 

केन्द्रका अनुसार कोरोना सङ्क्रमणबाट अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोकमा बुधबार चार र मङ्गलबार सात तथा सोमबार दुईको मृत्यु भएको थियो । पछिल्लो घटना विवरणअनुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भएर आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनायो । “उपचारका लागि ढिलाइ गर्दा परीक्षणपछि उपचार गर्न नपाउँदै मृत्यु भएको पाइयो”, केन्द्रका सदस्यसचिव डा झाले भन्नुभयो । उहाँका अनुसार जिल्लामा ‘कन्ट्याक्ट ट्रेसिङ’को दायरा बढाउन लागिएको छ ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १५८ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिन जिल्लामा ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म यहाँका कूल ७६८ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३०१, धुलिखेलमा १५८, पनौतीमा १५०, पाँचखालमा ६०, नमोबुद्धमा २८, मण्डनदेउपुरमा १९ तथा रोशी गाउँपालिकामा १५, चौँरीदेउरालीमा सात, तेमालमा छ र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेका छन् ।््

जिल्लामा सबैभन्दा बढी बनेपामा ३९ दशमलव १९ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ७४३ होमआइसोलेशन तथा २५ जना अस्पतालको आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लामा ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई