साउन २६, भद्रपुर । स्थानीय तहको पुनःसंरचना हुने अवसरमा विर्तामोड नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा अनारमनी र चारपानेका पूर्वजनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि एवम् बुद्धिजीवीले जोड दिएका छन् । 

झापामा हाल ३३ गाविस र आठव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, भद्रपुर । स्थानीय तहको पुनःसंरचना हुने अवसरमा विर्तामोड नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा अनारमनी र चारपानेका पूर्वजनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि एवम् बुद्धिजीवीले जोड दिएका छन् । 

झापामा हाल ३३ गाविस र आठव"/>

2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विर्तामोडलाई उपमहानगर बनाउन जोड

साउन २६, भद्रपुर । स्थानीय तहको पुनःसंरचना हुने अवसरमा विर्तामोड नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा अनारमनी र चारपानेका पूर्वजनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि एवम् बुद्धिजीवीले जोड दिएका छन् । 

झापामा हाल ३३ गाविस र आठवटा नगरपालिकामा विर्तामोड नगरपालिकामा चारपाने र अनारमनी गाभिएर विर्तामोड नगरपालिकाको गठन भएको हो । भौतिक पूर्वाधार, स्वास्थ्य प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र व्यापारिक केन्द्रका रुपमा विकसित भइरहेको यो नगरपालिका मेची अञ्चलकै एउटा नमुना उपमहानगरपालिका बन्नुपर्ने धारणा अघि सारिएको छ । 

संवाद समूहको सचिवालय झापाले मङ्गलबार बिर्तामोडमा आयोजना गरेको स्थानीय तहको पुनःसंरचनासम्बन्धी छलफलमा पूर्वजनप्रतिनिधि एवम् राजनीतिक दलका नगरस्तरीय नेताले बिर्तामोडलाई उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिएका हुन् । 

बिर्तामोड क्षेत्रको आर्थिक, भौगोलिक, सामाजिक, विविधतालाई दृष्टिगत गरी समृद्धिका लागि नगरपालिकालाई उपमहानगरपालिका बनाउने विषयमा आवश्यक अध्ययन गरी प्रस्ताव गर्ने उनीहरुको साझा धारणा छ । साथै, स्थानीय तहको पुनःसंरचनाको विषयमा साझा बुझाई गाउँ स्तरसम्म पु¥याउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन् । आयोगले तोकेका आठवटा मापदण्डमा संशोधनसहित झापामा बन्ने १० वटा स्थानीय तहका निकायको सङ्ख्या कम भएको निष्कर्ष निकाल्दै छलफलमा सहभागीले निकायको सङ्ख्या वृद्धि गर्नुपर्ने मागसमेत गरेका छन् । 

साथै, दल तथा सरोकारवालाबीच सहकार्य र एकताका साथ स्थानीय तहको पुनः संरचनाको काममा टेवा पु¥याउने तथा त्यस विषयमा कुनै विवाद उत्पन्न भए छलफलबाटै समाधान खोज्ने सहमति समेत उनीहरुले गरेका छन् । 

तात्कालीन चारपाने गाविसका पूर्वअध्यक्ष प्रेमप्रसाद सिटौला, अनारमनी गाविसका पूर्वउपाध्यक्ष लोकबन्धु कन्दङवा, नेपाली काँग्रेसका नगर उपसभापति लक्ष्मीप्रसाद आचार्य, नेकपा (एमाले)का नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, नेकपा (माओवादी केन्द्र)का नगर इन्चार्ज अरुण श्रेष्ठ, राप्रपा नेपालका नगर अध्यक्ष शङ्कर रिजालले विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन उप्रेती, तमलोपाका अनुतसिंह राजवंशी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का रामु सिंह, सद्भावना पार्टीका डोमालाल राजवंशी, जनाधिकार फोरम (गणतान्त्रिक)का प्रदीप अग्रवाल लगायतले समेत सम्भाव्यता अध्ययन गरी बिर्तामोडलाई अब पूर्वाधार विकाससहित उपमहानगरपालिका बनाउनु उपयुक्त हुने वताउनुभएको थियो । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई