साउन २६, कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइर"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

२६ श्रावण २०७३, बुधबार ०६:५६

साउन २६, कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइरल ज्वरोका बिरामी अस्पताल पुग्न थालेको अस्पतालका सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले बताउनुभयो । 

ओपिडी, इमरजेन्सी र जनरल वार्डमा भाइरल ज्वरोका बिरामी भर्ना भएर उपचार गराइरहेको उहाँले बताउनुभयो । वर्षा सुरु भएसँगै भाइरल ज्वरो र पखालाका बिरामी बढेको उहाँले बताउनुभयो । 

“दूषित पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा कमीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको छ”, उहाँले भन्नुभयो । भाइरल ज्वरोका कारण बिरामीमा हनहन्ती ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने र हात खुट्टाका जोर्नीहरु दुख्ने समस्या रहेको छ । 

यसैगरी, ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने अधिकांश बिरामीमा समेत पखाला र भाइरल ज्वरोको समस्या देखापरेको छ । स्वास्थ्य चौकीमा पुग्ने अधिकांश बिरामीमा भाइरल ज्वरोका बिरामी अधिक रहेको पिपलाडी स्वास्थ्य चौकीका अहेव चेतराज भट्टले बताउनुभयो । उहाँका अनुसार भाइरल ज्वरोका दैनिक सत्तरीभन्दा बढी बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य