२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सङक्रमितको सङ्ख्या वृद्धि, कुन ठाउँमा कति छन् सङ्क्रमित ?

२०७८, २५ बैशाख शनिबार १५:५०

रामहरि न्यौपाने, वैशाख २५, त्रिशूली (रासस) । नुवाकोटमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चारसय नाघेको छ । कोरोनाको दोश्रो लहर शुरु हुनुपूर्व गत चैत २४ गतेसम्म कोरानो मुक्त बनेको जिल्लामा पछिल्लो एक महिनामा  सङक्रमितको सङ्ख्या ४३३ पुगेको छ । 

जिल्लामा सङ्क्रमित भएर उपचार गराउँदै आएका तथा स्वास्थ्यकर्मीको निगरानीमा रहनेको सङ्ख्या आजसम्म ४३३ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत उत्तम खनालको अनुसार जिल्लामा सबैभन्दा धेरै ३५१ जना विदुर नगरपालिकामा रहेका छन् । जिल्लामा पुष्टि भएका सङ्क्रमित मध्ये आधाभन्दा बढी जिल्ला सदरमुकाम समेत रहेको विदुर नगरपालिकाको  एकान्तबाँसमा राखिएको छ । 

जिल्लामा सङ्क्रमणको दरमा बृद्धि भएसगैँ गत वैशाख २१ गतेदेखि जिल्लाभर सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले दिएको आदेश अनुसार निषेधाज्ञा जारी छ ।

यही वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न सक्रिय सङ्क्रमितको सङ्ख्या २०० रहेको थियो भने निषेधाज्ञा जारी भएको चौथो दिनको समाप्तिसम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या दोब्बर भन्दा बढी भइसकेको छ । “एक साताको लागी लगाइएको निषेधाज्ञा शनिबार पाचौँ दिनसम्म आइपुग्दा कार्यान्वयन पक्ष कमजोर भएर पनि सक्रमण बढिहरहेको छ ।”  सूचना अधिकृत खनालले भन्नुभयो “रोग नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेसगैँ तोकिएका शर्त कार्यान्वयन गराउन प्रशासनले ध्यान दिनुपर्ने र नागरिकले पालना गर्न आवश्यक छ ।” 

कूल सक्रमितको आधाभन्दा बढी विदुरमा 

जिल्लामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्याको आधा भनाबढी विदुरमा छन् । विदुर नगरपालिका भित्र १५४ जना पुरुष र ९७ जना महिला सहित कुल २५१ जना सक्रिय सङक्रमति देखिएकाले उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै आइसोलेशनमा राखिएको छ ।  

जिल्लाको अर्को नगरपालिका बेलकोटगढीमा ३४ जना पुरुष र १५ जना महिला गरेर ४९ जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको उक्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिनुभयो । यस पालिकामा पनि कोरोना सङ्क्रमित भएका मध्ये अधिकांशको अवस्था सामान्य रहेकाले घरकै आइसोलेशनमा राखिएको छ । 

स्वास्थ्य कार्यालयको अनुसार ककनीमा तीन, सूर्यगढीमा ६ , लिखुमा ३० , शिवपुरमा तीन, पञ्चकन्यामा पाँच, दुप्चेश्वरमा १५ , तादीमा २३ जना, किस्पाङमा ३१ , म्यागङमा ६ र तारकेश्वर गाउँपालिकामा ११ जना रहेका छन् । सक्रिय सङ्क्रमित स्वास्थ्य अबस्थामा समस्या देखिएसगैँ २८ जना त्रिशूली अस्पतालमा भर्ना गरिएको छ ।

भर्ना भएका मध्ये दुई जनाको अबस्था जटिल भएको त्रिशूली अस्पतालमा प्रमुख डा.दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।  उहाँको अनुसार एक जनालाई भेन्टिलेटर र एकजनालाई सघन उपचार कक्ष(आईसीयू)मा राखेर उपचार भैरहेको छ । बाँकीलाई कोभिड–१९ बिरामीको उपचारको लागी तयार गरिएको आइसोलेशन कक्ष (वार्ड)मा राखिएको छ ।  सङक्रमित मध्ये पाँच जना स्थानीयतहले तयार गरेको आइसोलेशन केन्द्र र बाँकी ४०१ जना घरकै एकान्तबाँस बसिरहेको स्वास्थ्य कार्यालले जनाएको छ । 

आकस्मिक बाहेकको सेवा बन्द

सङ्क्रमणको दर उच्च रहेको जिल्लामा भाइरसका सङ्क्रमित देखिएसगँै अधिकांश स्थानीयतहले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना पुष्टिभएसगैँ जिल्लाको अधिकांशले स्वास्थ्य र विपद् रोकथामसंग सम्बन्धित आकस्मिक बाहेकका सेवा सूचना मार्फत अनिश्चित समयसम्मको लागी बन्द भएको बताएका छन् । जिल्लाको सदरमुकाम समेत रहेको विदुरमा एक दर्जन भन्दा बढीलाई कोरोना पुष्टि भएकाले विभिन्न शाखाको सेवा रोकिएको छ ।

“रोग रोकथामको लागी सतकर्ता अपनाउदा पनि बच्न र बचाउन गाह्रो भएको छ । विदुरका नगरप्रमुख सञ्जु पण्डितले भन्नुभयो “कर्मचारीमा कोरोना देखिएसगैँ सम्बन्धित शाखा बन्द गरेका छौ तर, बृद्धिदर नरोकिएकाले कार्यालय बन्दको तयारीमा छौ ।”

कोरोना रोगको सक्रमण कर्मचारीमा देखिएको तथा रोगको सङ्क्रमणको जोखिम बढेको जनाउँदै जिल्लाको बेलकोटगढी नपा सहित ककनी, शिवपुरी, पञ्चकन्या, तादी, दुप्चेश्वर, लिखु लगायतका पालिकाले अनिश्चित समयको लागि अति आवश्यक बाहेकका सेवा स्थगन गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो