Skip to content
Friday, July 17, 2026 Nepali Online Media
August 10, 2016 झापा - JP, समाज

झापामा माछा मार्न गएका युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, दमक । झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा स्थानीय एक युवाको मङ्गलबार मृत्यु भएको छ ।

गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । माछा मार्न गएका मिलनलाई खोलामा थापेको धरापबाट अचानक करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफलाइन अस्पताल, दमक ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस