2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार महासंघ झापाद्धारा कोइरालाप्रति श्रदाञ्जलि

माघ २७, बिर्तामोड ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति नेपाल पत्रकार महासंघ झापा
शाखाले गहिरो दुःख व्यक्त गरेको छ ।

पत्रकार महासंघ झापाका
अध्यक्ष भमि नेम्वाङ र सचिव एकराज गिरीले आज बुधबार शोक वक्तब्य जारी गरी स्वर्गीय कोइरालाप्रति
भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । अप्रत्यासित उक्त
घटनाले नेपाल पत्रकार महासंघ झापा शाखा स्तब्ध भएको जनाइएको छ ।


शोकका कारण महासंघ केन्द्रको सर्कुलर बमोजिम झापा शाखामा हिजो र आज (मंगलबार र बुधबार)
सवै औपचारिक कार्यक्रमहरू सञ्चालन नगर्ने गरी स्थगित गरिएको पनि वक्तब्यमा जनाइएको छ ।


कोइराला नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदा सर्वदा दृढ
नेता रहेको चर्चा गर्दै पत्रकार महासंघ झापाद्धारा जारी वक्तब्यमा भनिएको छ–‘नेपालको प्रजातान्त्रिक
आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उहाँले प्रकट गर्नुभएको निष्ठा र सक्रिय योगदानको
उच्च सम्मान गर्दछौं ।’

२०१० सालदेखि नै राजनीतिमा सक्रिय
कोइरालाले पटकपटक जेलनेल र प्रवासमा रहेर पनि अविचलित रुपमा प्रजातन्त्रको स्थापना र मुलुकको परिवर्तनका
निम्ति योगदान दिएको चर्चा गर्दै वक्तब्यमाअगाडि भनिएको छ –‘नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक
योद्धा कोइरालाले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा संविधानसभाबाट नयाँ संविधान जारी गर्न महत्वपूर्ण
भूमिका निर्वाह गर्नुभएको थियो ।’
jhapa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई