साउन २६, चितवन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । 

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, चितवन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । 

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कत"/>

2026-08-30 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन अदालतमा एक हजार ३७२ वर्ष कैद असुल बाँकी

साउन २६, चितवन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । 

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कतिपयलाई कैद सजाय मात्र छ भने केहीलाई जरिवाना र बाँकीलाई दुवै सजायको भुक्तानी बाँकी रहेको छ । 

अदालतका अनुसार अहिलेसम्म कैद असुली गर्न ३८९ जना स्वदेशी तथा पाँच जना विदेशीबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुलउपर गर्न बाँकी छ भने एक हजार १७८ जना स्वदेशी तथा ११ जना विदेशीसँग रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली गर्न बाँकी रहेको छ । 

कैद र जरिवाना दुवै लागेका ५५८ जना स्वदेशी तथा १६ जना विदेशी अझै फरार रहेको अदालतले जनाएको छ । जिल्ला अदालतमा परेको मुद्दाअनुसार जिल्लाभित्र र जिल्ला बाहिरका गरी सो सङ्ख्यामा रहेका व्यक्तिबाट कैद तथा जरिवाना असुली गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिनुभयो । बरालका अनुसार आव २०७२÷०७३ मा १०० जना कैद सजाय सुनाइएका फरार रहेका छन् भने जम्मा ३५ जनाबाट ८५८ वर्ष पाँच महिना १६ दिन १२ घन्टा कैद असुलउपर गरिएको छ । 

यस्तै तीन विदेशीसहित ३०६ जनाबाट रु एक करोड १८ लाख ३६ हजार ५२९ जरिवाना असुलिएको छ । जरिवाना र कैद दुवै लागेका पाँच विदेशीसहित २१७ जनालाई कारबाही गरिएको बरालले जानकारी दिनुभयो । 

सो समयमा जरिवाना असुली गर्नुपर्ने ३३५ जना नयाँ थपिएका छन् भने दुवै सजाय लागेका सात विदेशीसहित ४०१ जना नयाँ थप एका उहाँले बताउनुभयो । 

कैद सजाय, जरिवाना र दुवै लागेका गरी विदेशी ३२ जना अझै फरार रहेका छन् । गत वर्षबाट फरार अभियुक्त पक्राउ अभियान थालेसँगै फरार अभियुक्त पक्राउ हुने क्रम बढेको अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने