साउन २६, चितवन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । 

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, चितवन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । 

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कत"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन अदालतमा एक हजार ३७२ वर्ष कैद असुल बाँकी

२६ श्रावण २०७३, बुधबार ०७:१०

साउन २६, चितवन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । 

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कतिपयलाई कैद सजाय मात्र छ भने केहीलाई जरिवाना र बाँकीलाई दुवै सजायको भुक्तानी बाँकी रहेको छ । 

अदालतका अनुसार अहिलेसम्म कैद असुली गर्न ३८९ जना स्वदेशी तथा पाँच जना विदेशीबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुलउपर गर्न बाँकी छ भने एक हजार १७८ जना स्वदेशी तथा ११ जना विदेशीसँग रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली गर्न बाँकी रहेको छ । 

कैद र जरिवाना दुवै लागेका ५५८ जना स्वदेशी तथा १६ जना विदेशी अझै फरार रहेको अदालतले जनाएको छ । जिल्ला अदालतमा परेको मुद्दाअनुसार जिल्लाभित्र र जिल्ला बाहिरका गरी सो सङ्ख्यामा रहेका व्यक्तिबाट कैद तथा जरिवाना असुली गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिनुभयो । बरालका अनुसार आव २०७२÷०७३ मा १०० जना कैद सजाय सुनाइएका फरार रहेका छन् भने जम्मा ३५ जनाबाट ८५८ वर्ष पाँच महिना १६ दिन १२ घन्टा कैद असुलउपर गरिएको छ । 

यस्तै तीन विदेशीसहित ३०६ जनाबाट रु एक करोड १८ लाख ३६ हजार ५२९ जरिवाना असुलिएको छ । जरिवाना र कैद दुवै लागेका पाँच विदेशीसहित २१७ जनालाई कारबाही गरिएको बरालले जानकारी दिनुभयो । 

सो समयमा जरिवाना असुली गर्नुपर्ने ३३५ जना नयाँ थपिएका छन् भने दुवै सजाय लागेका सात विदेशीसहित ४०१ जना नयाँ थप एका उहाँले बताउनुभयो । 

कैद सजाय, जरिवाना र दुवै लागेका गरी विदेशी ३२ जना अझै फरार रहेका छन् । गत वर्षबाट फरार अभियुक्त पक्राउ अभियान थालेसँगै फरार अभियुक्त पक्राउ हुने क्रम बढेको अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने