2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती समाचार : जनप्रतिनिधि चढ्ने गाडीमा अब कोरोना सङ्क्रमित बोक्दै

वैशाख २८, वाग्मती (रासस)। वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो ।

यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि रु पाँच करोड ६० लाखको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ । बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ । आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । 

अटोरिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन 

वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हेटौँडा उपमहानरपालिकाभित्र अटोरिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिने भएको छ । मकवानपुर कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार हेटौँडा उपमहानरपालिकाका १९ वटै वडामा अटो एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई÷दुई अटो एम्बुलेन्स सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । समयमै एम्बुलेन्स पाउने अवस्था नहुने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको हो । यसअघि थाहा नगरपालिकाले पनि नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई÷दुईवटा अटो एम्बुलेन्स सञ्चालन गर्नेछन् । 

जनप्रतिनिधि चढ्ने गाडीमा अब कोरोना सङ्क्रमित बोक्दै

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले यसअगावै प्रयोग गर्दै आएको सवारी साधनमा समेत अब कोरोना सङ्क्रमितका बिरामीलाई निःशुल्क बोक्न थालिएको छ । गाउँपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दे आएको बा१झ ९२०४ नंको सवारी साधन अबदेखि कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्करूपमा अस्पताल लैजाने तथा ल्याउने काममा प्रयोग थालिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिका क्षेत्रमा यातायातको असुविधालाई मध्यनजर गर्दै कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सवारी साधन प्रयोगमा ल्याइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । जनप्रतिनिधिले प्रयोग गर्ने एउटा सवारी साधन र वडा नं २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्यचौकीको एम्बुलेन्ससमेत निःशुल्क कोरोना सङ्क्रमितलाई लैजान र ल्याउन प्रयोग गरिएको उल्लेख छ ।

त्यसैगरी मकवानपुर जिल्लाको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी पनि कोरोना सङ्क्रमणको अवधिभर कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न थालिएको छ । बा२झ १२५९ नंको गाडी सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था लैजान र ल्याउनका लागि प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । 

निषेधाज्ञालाई थप कडाइ

प्रदेश राजधानी हेटौँडामा यसअगावै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

निर्माणजन्य सामग्री ढुवानी गर्ने सवारी साधन मर्मत गर्ने सबै वर्कसप दैनिकरूपमा बिहान १० देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएको सामाजिक सुरक्ष भत्ता सम्बन्धित वडाका वडाध्यक्षले सम्बन्धित व्यक्तिको घरमै गई वितरण गर्ने व्यवस्था मिलाउने र अनधिकृत होल्ड गरिएका अक्सिजन सिलिण्डरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता