७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कोभिड–१९ सङ्क्रमण रोक्न महोत्तरीमा पूर्ण बन्दाबन्दी

२८ बैशाख २०७८, मंगलवार ०६:०९

वैशाख २८, महोत्तरी (रासस)। जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू हुने गरी थप आदेश जारी गरेको हो । यो आदेशले अब एक्लै हिँड्न वा जरुरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारवाही गरिने उल्लेख छ ।

नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमण निकै बढेर मानवीय क्षति थपिँदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो । नगरका भारतीय सीमावर्ती नाका र गल्छिडाबाट हुने आवतजावत रोक्न थप सुरक्षा जनशक्ति विन्यास गरिएको प्रजिअ भट्टराईको भनाइ छ । जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता वैशाख १० देखि हालसम्म कोभिड–१९ सङ्क्रमणले १२ जनाको ज्यान लिएको छ । तीमध्ये सात जलेश्वर नगर क्षेत्रकै परेका छन् । यसअवधिमा सङ्क्रमण पुष्टि भएका ७९१ मध्ये १०० को हाराहारी जलेश्वर नगर क्षेत्रकै परेपछि यसको रोकथाममा कठोर हुनैपर्ने अवस्थाले थप आदेश जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । जिल्लाको कोभिड–१९ व्यवस्थापन केन्द्र र राजनीतिक दल एवं सामाजिक सङ्घसंस्थाको सिफारिसमा अर्को आदेश नभएसम्म नगर क्षेत्र पूर्ण बन्दाबन्दी रहने स्पष्ट पारिएको छ ।

यसअघि गत बुधबारदेखि नै जारी वैशाख महिनाभरि लागू हुने गरी निषेधाज्ञा जारी भए पनि सार्वजनिक बसबाहेक सबै सवारी साधन चलिरहेका र बजार, चोक क्षेत्रमा स्वास्थ्य सचेतता मापदण्ड नअपनाई हिँडडुल गर्ने क्रम नरोकिएपछि सर्वसाधारणको टिप्पणी बढेको थियो । आजदेखि जारी भएको पूर्ण निषेधाज्ञाको अवधिमा तोकिएका क्षेत्रमा अनावश्यकरूपमा कोही निस्के सुरक्षार्मीले तत्काल नियन्त्रणमा लिई बिना मोलाहिजा कारवाही गर्ने प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच जिल्लाको सुदूर–उत्तरवर्ती बर्दिबास नगरपालिकाले पनि आजदेखि नै लागू हुने गरी तोकिएका क्षेत्रबाहेकका सबै सेवा पूर्णरूपले बन्द गर्ने निर्णय गरेको छ । आजदेखि वैशाख ३१ गते मध्यरातसम्मका लागि जारी गरिएको सूचनामा अस्पताल (स्वास्थ्यसम्बन्धी सेवा), दमकल, एम्बुलेन्स, सुरक्षा निकाय (नगर प्रहरीसहित) र भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत प्रविष्ट एवं नाप/जाँचबाहेकका सबै सेवा बन्द राख्न अपिल गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलँदै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि यो कदम चाल्नुपरेको नगरप्रमुख विदुरकुमार कार्कीले जनाउनुभएको छ ।

कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा यसको रोकथाम, नियन्त्रणका लागि सबै स्थानीय तहले पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मीले सुझाएका छन् । यसका लागि क्वारेन्टिन केन्द्र र आइसोलेशनको व्यवस्थापन, पिसिआर परीक्षण र उपचार प्रबन्ध एवं गरिब र असहायको छनोट गरी खानपिनको चाँजो मिलाउन स्थानीय तहले पहलकदमी लिनुपर्ने स्वास्थ्य क्षेत्रको लामो सरकारी सेवाबाट अवकाश लिनुभएका बर्दिबास–१ का बासिन्दा स्वास्थ्यकर्मी राधेश्याम झाको सुझाव छ ।

यसबीचमा जिल्लाको गौशाला नगरपालिकाले १५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ भने बर्दिबास नगरपालिकाले ५० शय्याको आइसोलेशन कक्ष दुई दिनभित्रै सञ्चालन गर्ने गरी तयारी गरिएको जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आवश्यक पहलकदमी बढाउन आवश्यक रहेको स्वास्थ्यकर्मी औँल्याउँछन् । जिल्लामा १०नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र छ स्थानीय तह भारतसँग जोडिएका छन् । ती स्थानीय तहको भूमिका अझ बढी हुनुपर्ने झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन