२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा पनि निषेधाज्ञा लागू

२८ बैशाख २०७८, मंगलवार ०७:२०

वैशाख, २८ रसुवा (रासस)। कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी  गर्दै  गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले  कोरोना सङ्क्रमण नियन्त्रणमासबैक्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताउनुभयो । पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ । औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ ।

यही वैशाख ५ गतेदेखि तीन जनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संङ्क्रमितको सङ्ख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना रोग सङ्क्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहहरूले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षा अङ्ग समेतका निकायसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ