Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नुवाकोटमा होम आइसोलेशनमै महिलाको मृत्यु

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

रामहरि न्यौपाने, वैशाख २८, त्रिशूली (रासस) । होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा  लिखु गाउँपालिका –ं२ का  ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित  महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको जानकारी दिनुभयो  ।

उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ

बल्ल बनाए स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन

वैशाख २८, नुवाकोट (रासस) । कोभिड–१९ का सङक्रमितहरु बढ्दै गएपछि  स्थानीय तहले  पूर्व तयारीलाई ध्यान दिन थालेका छन् । हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेशन कक्ष तयार गरेका छन् । विदुर नगरपालिका, तादी  र शिवपुरी गाँउपालिकाले आइसोलेशन कक्ष तयार गरेका हुन् । विदुरले बट्टारको खेलकुद कभर्ड हलमा ५० श्ययाको अक्सिजन सहितको आइसोलेशन  बनाएको छ । सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन  तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिनुभयो ।

तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० श्यया तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ । पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाँव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ ।

शिवपुरीले  अक्सिजन सहितको २० श्यया आइसोलेशन  तयार गरेको  छ ।  गाउँपालिका अध्यक्ष रामकृष्ण थापाका अनुसार कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको श्यया तयार गरेको बताउनुभयो ।

जिल्लामा पछिल्ला दिनहरुका सङ्क्रमणको दर बढ्दै गएको छ ।  आज जिल्लामा एकै दिन ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाका दुई  बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७८ पुगेको छ । २०७७ फागुन ११ गतेबाट सक्रिय सङ्क्रमित विहीन भएको जिल्लामा गत चैतको २३ गते नयाँ संक्रमित फेलाको थियो । यसपछि सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।