2026-09-12 12:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना

वैशाख २९, डोटी | कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन् । सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन् । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताउनुभयो ।

यसैगरी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थामा काम गर्ने दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, आकस्मिकबाहेकका अन्य सेवा हामीले बन्द गरेका छौँ ।” 

उक्त स्वास्थ्य कार्यालयले एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गतेसम्मका लागि आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीयवासी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा