२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वाञ्चलस्तरीय भलिवल प्रतियोगिताः कालीबहादुर गण चारआली र लक्ष्मीमार्ग विजयी

२०७२, ४ फाल्गुन मंगलवार १३:३१

फागुन ४, झापा । झापाको धाइजनमा जारी पूर्वाञ्चलस्तरीय भलिवल
प्रतियोगिता अन्तरगत मंगलबारको दुई खेलमा कालीबहादुर गण चारआली र लक्ष्मीमार्ग विजयी भएका छन् ।
कालीबहादुर गण सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कालीबहादुर गण चारआली र पथरी क्लबबीचको भलिवल
प्रतियोगितामा सोझो सेटमा अर्थात वेष्ट अफ थ्रीमा २५.१२, २५.२० र २५.२३ अंक ल्याएर कालीबहादुर गण विजयी
भएको हो । उक्त खेलमा कालीबहादुर गणका जर्सी नम्बर ३ का सुरेश खड्का म्यान आफ दि म्याच घोषित भए ।
त्यसैगरी सोही दिनजारी दोश्रो शिलिगुढी भारत र लक्ष्मीमार्ग भलिवल क्लबबीच भएको अत्यन्तै रोमाञ्चकत
प्रतिश्पर्धात्मक भलिवल प्रतियोगिताबाट लक्ष्मीमार्ग विजयी भएको छ ।

लक्ष्मीमार्गका जर्सी नम्बर
४ का सटर प्रदिप श्रेष्ठले प्रहार गरेको बल शिलिगुढीका जर्सी नम्बर ५ का राजन प्रधानले धेरै बल मिस
गरेका थिए । खेलको पहिलो चरणको खेल शिलिगढीले २६.२३ अंक ल्याएको थियो । दोश्रो चरणको खेलमा लक्ष्मीमार्ग
२८.२५ अंकले लिड गरेपछि खेल वेष्ट अफ फाइभमा प्रवेश गरेको थियो । त्यसपछिको दुई खेलमा २५.२३ र २५.२१ अंक
ल्याएर लक्ष्मीमार्ग विजयी भएको निर्णायक शैलेन्द्र श्रेष्टले जानकारी दिए ।

दोश्रो खेलमा
शिलिगुढीका जर्सी नम्बर ७ का आकाश राउत म्यान अफ दि म्याच घोषित भए । बुधबारको पहिलो खेल शिखर सुज इटहरी
र लक्ष्मीमार्ग भलिवल क्लब त्यस्तै दोश्रो खेल धरान भलिवल क्लब र पूर्वाञ्चल भलिवल क्बलबीच प्रतियोगिता
हुने आर्थिक समितिका सहसंयोजक पर्शुराम चेम्जुडले जानकारी दिए । धाइजनको ग्रीनवीस फिटनेश जीम सेन्टरको
आयोजना रहेको उक्त भलवल प्रतियोगितामा पूर्वाञ्चलका १० वटा भलिवल टीमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताबाट प्रथम हुने टीमलाई ५१ हजार नगद र टफि तथा दोश्रो ३१ हजार र टफिद्धारा पुरस्कृत गरिने
आयोजकको भनाई छ ।

खेल अवधिभर घोषित भएका खेलाडीमध्ये १ जनालाई मेन अफदिसिरिजद्धारा पुरस्कृत
गरिने आयोजक समितिकाप्रचार विभागका खेम भट्टराईले जानकारी दिए । त्यसैगरी वेष्ट रेजर र वेष्ट सटरलाई
समेत नगद तथा जिन्सी सामाग्रीद्धारा पुरस्कृत गरिने तथाप्रत्येक दिन म्यानअफदिम्याच घोषित खेलाडीलाई
स्वर्गीय पवित्रा नम्वाडको स्मृतिमा उनको श्रीमान् नसिड नेम्वाड र छोराहरुले पुरस्कारको प्रायोजन गरेको
सल्लाहाकार एवं कराते प्रशिक्षक वद्री विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता