Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिरोले घर र विद्यालयमा क्षति

By साझासवाल 3 मिनेट पढाइ

साउन २६, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा  एक घरमा क्षति पुर्याएको छ ।

पहिरोले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरमा क्षति पु¥याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर मरेका छन् । घरमाथिबाट आएको पहिराले सिद्धपुर–५ बन्तडका नवराज भट्टको घरको पछाडिको पर्खाल भत्काउँदा गोठमा रहेका पाँचवटा बाख्रा च्यापिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

पहिरोले भट्टको घरमा क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताइएको छ । प्रहरीचौकी खोड्पेबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने प्रहरीले जनाएको छ ।

यस्तै बैतडीको सिद्धपुर गाविस–६ मा रहेको कालिका माविको निर्माणाधीन तीनकोठे भवनको माथिबाट पहिरो आउँदा भवनमा क्षति पुर्याएको  छ । जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजारको सहयोगमा निर्माण भइरहेको भवनमा क्षति भएको विद्यालयका प्रधानाध्यापक नरबहादुर कुँवरले जानकारी दिनुभयो ।

भवनको माथिपट्टिबाट पहिरो आउँदा करिब रु साढे तीन लाख बढीको क्षति भएको बताइएको छ ।

यसैगरी सोही विद्यालयमा आउने पानीको मुहानमा पहिरो जाँदा गएको शनिबारदेखि विद्यालयमा पानी आउन छोडेको छ । विद्यालयमा आउने पानीको मुहानमा पहिरो खस्दा पानी अवरुद्ध भएको हो । विद्यालयमा आउने पानी बन्द भएपछि विद्यार्थीलाई शौचालय जान तथा खानेपानीको समस्या भएको बताइएको छ । रासस