२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दीर्घायुको कामना

३० बैशाख २०७८, बिहीबार ०९:३०

वैशाख ३०, ललितपुर (रासस)। ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा  सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।  महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर  उहाँलाई शुभकामना अर्पण गर्नुभयो । 

नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।” 

बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिनुभएको थियो । जोशीलाई फोनमार्फत पनि शुभकामना आइरहेको छ । आजका दिनसम्म कुनै रोगले समातिनसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको उहाँले बताउनुभयो । जोशीले नेपाली भाषा, कला र  संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आउनुभएको छ । जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसक्नु भएका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे