२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन हस्तान्तरण

३० बैशाख २०७८, बिहीबार १५:४५

 वैशाख ३०, महोत्तरी (रासस) । कोरोना सङ्क्रमण वृद्धिभएसँगै  बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन प्रदान गरिएको छ  । बर्दिबास–१ का  उद्योगी  उमेश साहले आज  अस्पताललाई ती अक्सिजनका सिलिण्डर हस्तान्तरण गर्नुभयो ।

उहाँले बर्दिबास नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिदुरकुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको  हो । व्यवसायि साहले आपूmले उपलव्ध गराएको अक्सिजन सिलिण्डर  सङ्क्रमित र अन्य कारणले ज्यान जोखिममा रहेका बिरामीका लागि प्रयोग गर्न  आग्रह गर्नुभयो ।

नगरप्रमुख  कार्कीले धमाधम सङ्क्रमित बढी रहेका बेला ती अक्सिजन सिलिण्डर  ज्यान बचाउन सहयोग गर्ने बताउनुभयो । अस्तालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले जटिल सङ्क्रमितलाई जोगाउन लागि अक्सिजनका सिलिण्डर प्रयोग गरिने  जानकारी दिनुभयो । 

अस्पतालले पिसिआर उपकरण जडान गरी स्वाव सङ्कलन र परीक्षण सेवा दिदै आएको छ । गत हिउँदमा सङ्क्रमण देखिन छाडेपछि स्थगित गरिएको यो सेवा  दोहोरिएर सङ्क्रमण बढेपछि पुनः सुचारु ग्रिएको हो । अक्सिजन सुविधासहितको १०० श्ययाको आइसोलेशन कक्ष सञ्चालन गरिन लागिएको नगरप्रमुख कार्कीले बताउनुभयो । 

अस्पतालबाट ६३० जनाको स्वाव सङ्कलन गरिएको छ । ती मध्ये १९२ को नतिजा आउन बाँकी रहेको र २१० जनामा सङ्क्रमण पुष्टि भएको  नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु यादवले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएमध्ये १०० हाराहारी  नगरक्षेत्रका र अन्य अन्यत्रका रहेका जनस्वास्थ्य निरीक्षकसमेत रहनु भएका यादवले उल्लेख गर्नुभयो ।

अस्पतालमा हालसम्म अक्सिजन नै प्रयोग गर्नुपर्ने प्रकृतिका सङ्क्रमित हालसम्म नरहेका अस्पतालले जनाएको छ । यसैबीच आज बिहीवार कोविड–१९ सङ्क्रमणसँग मेल खाने लक्षण देखिएका १५ जनाको एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने