२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा १० दिन निषेधाज्ञा थप

३१ बैशाख २०७८, शुक्रबार ०२:५६

वैशाख ३१, महोत्तरी (रासस) । पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा भीडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभरि सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र  घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शवबाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ सङ्क्रमण र मानवीय क्षति बढेको हुँदा निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिबास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ । जारी वैशाख १० गतेयता यसपालि सङ्क्रमण दोहोरिएर देखिन थालेको हो । जिल्लामा यही वैशाख महिनाभित्रै हालसम्म यो व्याधीले १३ जनाको ज्यान लिइसकेको छ ।

त्यसैगरी यसै अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । यस अवधिमा ४० जनाले कोभिड–१९ सङ्क्रमणलाई परास्त गरेर ठिक भएका छन् । यसअघि विसं २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो । त्यसैगरी सो अवधिमा दुई हजार १४१ सङ्क्रमण पुष्टि भएका थिए । तीमध्ये ९०० भन्दा बढीमा सक्रिय सङ्क्रमण देखिएको थियो ।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन् । निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ । पूर्वजानकारीबिना कुनै जरुरी काम देखाएर हिँडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रजिअ भट्टराईले आफ्नो आदेशमा उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सिफारिशमा जारी गरिएको निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ । जिल्ला प्रशासनले परम्पराअनुसारका चाडबाड घरपरिवारभित्र मनाउन पनि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह