2026-08-31 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा

वैशाख ३१, चितवन (रासस) । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिनुभयो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिँडडुल नगर्ने, अत्यावश्यक काममा हिँड्नुपर्ने भएमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ । सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस सेन्टर, जिमखाना, स्पा, स्वीमिङ्ग पुल, ब्यूटीपार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसलजस्ता बन्द रहने लामिछानेद्धारा जारी आदेशमा उल्लेख छ । 

यस्तै होटल तथा रेष्टुरेन्टबाट टेकअवेबाहेकका अन्य सेवा सञ्चालन नगर्न, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्थामा भौतिकरूपमा उपस्थित भई हुने पठनपाठन तथा परीक्षालगायत शैक्षिक गतिविधि नगर्न, विवाह, व्रतबन्धलगायत संस्कारजन्य कार्यक्रम होटल तथा पार्टीप्यालेसमा सञ्चालन गर्न नपाइने, घरमा सञ्चालन हुने यस्ता कार्यमा बढीमा १० जनाभन्दा बढी सहभागी नहुनसमेत आदेशमा अनुरोध गरिएको छ । मृत्यु संस्कारमा १५ जनाभन्दा बढी सहभागी नहुन, लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन नगर्न, मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजाबाहेक जमघट नगर्न आदेश जारी गरिएको छ । आदेशमा निकुञ्जमा जिप सफारी तथा जलयात्रा नगराउन सबैलाई आग्रह गरिएको छ ।

यस्तै आदेशमा तरकारी, फलफूल, खाद्यान्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्मका लागि समय तोकिएको छ । औषधि, पेट्रोलपम्प, दुग्ध उद्योग, दूरसञ्चार, इन्टरनेट, विद्युत्, फोहरमैला व्यवस्थापन, खानेपानी आपूर्तिसम्बन्धी सेवा, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आइतबार, मङ्गलबार र बिहीबार मात्र तोकिएको मापदण्डको पालना गराई वाणिज्य बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । यो आदेशको पालना नगरे सङ्क्रमण रोग २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ ।

शिवनगरमा १५ शय्याको आइसोलेशन

जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५ शय्याको आइसोलेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार अक्सिजनसहितको उक्त आइसोलेशनको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेशन तयार गर्न सफल भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले कोभिड–१९ को दोस्रो प्रकोप रोकथाम तथा सङ्क्रमितको उपचारका लागि आइसोलेशन तयार गरेको हो ।

आवश्यकअनुसार आइसोलेशन थप्दै लैजाने प्रमुख दाहालको भनाइ छ । कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । कोभिड–१९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले  चेतनामूलक गतिविधि, स्वास्थ्य मापदण्डको पालना, बिरामीको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ । महानगरपालिकाले शिवनगर स्वास्थ्य केन्द्रको आइसोलेशन निर्माणपछि  शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेशन निर्माण गर्ने तयारी गरेको छ । महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेशन निर्माण गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेशन सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १४ का अध्यक्ष ओमप्रकाश पोखरेललगायतले बोल्नुभएको थियो । 

कोभिड आइसोलेशनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायत सेवा कोभिडका सङ्क्रमितले निःशुल्क पाउनेछन् । अस्पतालमा दुई मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववतरूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो