Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख ३१, त्रिशुली | नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् ।<br></p><p>तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।&nbsp;</p><p>उहाँका अनुसार उनीसँग माछा मार्न गएका अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ । सवारी साधनको ब्याट्री प्रयोग गरेर खोलामा माछा मार्दा जोखिम हुने भएकाले त्यस्तो घटनामा संलग्न नहुनका लागि नुवाकोट प्रहरीले अनुरोध गरेको छ ।</p>