2026-10-15 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

मङ्सिरमा उद्घाटन गरिएको भेन्टिलेटर भएन सञ्चालन

जेठ २, धादिङ (रासस)। गत वर्ष  उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन । 

भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोरोना भाइरस महामारीका कारण बिरामी परेका र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका बिरामीको ज्यान गइसकेको छ । दक्ष जनशक्ति र अक्सिजन व्यवस्थापन हुन नसक्दा भेन्टिलेटर भएर पनि सञ्चालन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । 

एनेस्थेसियालोजिस्ट एक, फिजिसियन एकजना र अक्सिजन प्लान्ट नभई चलाउन नसकिने भएकाले अस्पतालमा भेन्टिलेटरले बिरामी हेरेर बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो । श्वासप्रश्वासमा अति कठिन पर्दासमेत मानिस बचाउन सकिने भएकाले गत वर्ष कोरोना महामारी भएका बेला वाग्मती प्रदेश सरकारले भेन्टिलेटर उपलब्ध गराएको थियो ।

अस्पतालले कर्मचारी अभाव र अक्सिजनको व्यवस्थापन गर्न नसक्दा अत्यावश्यक पर्ने भेन्टिलेटरसमेत सञ्चालन गर्न सकेको छैन । यहाँबाट नुवाकोट सिफारिस गरिएका दुई कोरोना सङ्क्रमित बिरामीको ज्यानसमेत गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने