गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको पूर्तिमकाँडा र खोलागाउँ गाविसको सीमानामा पर्ने सेतीग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको पूर्तिमकाँडा र खोलागाउँ गाविसको सीमानामा पर्ने सेतीग"/>
2026-09-18 08:19 PM
पश्चिमी रुकुम - RKM

सेतीगार खोलामा पुल नहुँदा विद्यार्थीहरु विद्यालय छुटाउन बाध्य

गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको पूर्तिमकाँडा र खोलागाउँ गाविसको सीमानामा पर्ने सेतीगार खोलामा पुल नहुँदा चौरजहारी नगरपालिका र पूर्तिमकाँडा गाविसका विद्यार्थीहरु विद्यालय छुटाउन बाध्य भएका छन् । 

राती पानी परेका दिन सेतीगार तर्न नसक्दा चौरजहारी नगरपालिका ८ तथा पूर्तिमकाँडा गाविसका ४ र ५ नम्वर वडाका विद्यार्थीहरु हिमालय उच्च मावि खोलागाउँ जानबाट रोकिनु परिरहेको हो । 

सेतीगार बढेका दिन विद्यार्थीहरु खोलो कम होउन्जेल खोला किनारमा बस्नुपर्ने बाध्यता छ भने हरेक घरबाट अभिभावकहरु छोराछोरीलाई खोलो तार्न आउनुपर्ने बाध्यता रहेको छ । सेतीगार तरेर करिव २ सय विद्यार्थीहरु खोलागाउँ ४ मा रहेको हिमालय उच्च मावि पढ्न जाने गरेका छन । खोलामा कि त अभिभावकले तार्नुपर्ने नत्र विद्यालय छाड्नुपर्ने वाध्यता परेको छ । 

कुनै पनि संघ संस्थाले पुल वनाउन पहल नगर्दा समस्या जस्ताको तस्तै भएको स्थानिय वीरेन्द्र बुढाले बताउनुभयो । उहाँका अनुसार जहारीखोला आसपासका विद्यार्थीमा कसरी विद्यालय जाने भन्ने त्रास  फैलिएको छ । त्यहाका स्थानियले पुल वनाएर सहयोग गरिदिन पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन ।

२०७० सालमा वनाएको काठे पुल भत्किएपछि समस्या सृजना भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई