गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुममा विभिन्न कार्यक्रमका साथ भोली २७ गतेदेखी २९ गतेसम्म अन्र्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । 

विरामीहरुलाई फलफुल वितरण, विद्यालयमा वक्तृत्वकला, रक्तदान कार्यक्रम, युवा वहस, र्याली, कोणसभा, युवा स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुममा विभिन्न कार्यक्रमका साथ भोली २७ गतेदेखी २९ गतेसम्म अन्र्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । 

विरामीहरुलाई फलफुल वितरण, विद्यालयमा वक्तृत्वकला, रक्तदान कार्यक्रम, युवा वहस, र्याली, कोणसभा, युवा स्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा अन्तर्राष्ट्रिय युवा दिवस मनाईदै

२७ श्रावण २०७३, बिहीबार ०८:३३

गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुममा विभिन्न कार्यक्रमका साथ भोली २७ गतेदेखी २९ गतेसम्म अन्र्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । 

विरामीहरुलाई फलफुल वितरण, विद्यालयमा वक्तृत्वकला, रक्तदान कार्यक्रम, युवा वहस, र्याली, कोणसभा, युवा स्तम्भ शिलान्यास लगायतका कार्यक्रम गरी दिवस मनाउन थालिएको हो । 

जिल्ला विकास समिति र संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष यूएनएफपीएको सहयोग र जिल्ला युवा समन्वय समितिको आयोजनामा मनाइने कार्यक्रममा सहभागिताको लागी आयोजकले जिल्ला स्थित सरोकारवाला निकाय, पत्रकार, युवा संजाल, युवा क्लवमा आवद्ध युवाहरु, विद्यार्थीहरु लगायतलाई अनुरोध गरेको छ । 

दिवसका अवसरमा आयोजित कार्यक्रम अनुसार भोली २७ गते विहान जिल्ला अस्पताल सल्ले रुकुममा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण, बाल कल्याण मावि सोलावाङ, महाकाली मावि सिस्नेखोला समिबोट, पशुपति मावि रातामाटा र त्रिपुरा उच्च मावि छिङमा विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता संचालन गरिनेछ । 

वक्तृत्वकला प्रतियोगिताको शिर्षक “गरिवी निवारणमा युवाको भुमिका” रहेको आयोजकले जानकारी दिएको छ । त्यसैगरी २८ गते विहान ७ वजे ¥याली, कोणसभा, पुरस्कार वितरण र मुसिकोट १ मठ स्थित युवा स्तम्भको शिलान्यास गर्ने कार्यक्रम रहेको जिल्ला युवा समन्वय समितिका संयोजक वीरवहादुर मल्लले जानकारी दिनुभयो । 

दिवसै दिन काठमाण्डौं, नेपालगंज र दाङ लगायत ब्लड वैंकको पहुंचको नजिकमा रहेका रुकुम जिल्लाका युवाहरु रक्तदान गर्ने कार्यक्रम पनि राखिएको संयोजक मल्लले वताउनुभयो । आयोजकले रक्तदान कार्यक्रममा सहभागि हुन काठमाण्डौं, नेपालगंज र दाङमा वस्दै आएका रुकुमेली युवाहरुलाई अनुरोध समेत गरेको छ । 

दिवसको अन्तिम दिन २९ गते जिल्लामा युवा वहस संचालन गरिनेछ । मुसिकोट खलंगामा हुने सरोकारवाला निकाय र युवाहरु विचको वहसलाई स्थानीय रेडियोहरुबाट समेत प्रशारणको व्यवस्था मिलाइने भएकाले युवा वहसमा सहभागि भई महत्वपूर्ण छलफलमा सहभागि हुन सवैमा अनुरोध गरिएको छ । 

गरिवी उन्मुलनमा युवा प्रतिवद्धता–उपभोगमा आत्मनिर्भरता भन्ने राष्ट्रिय नाराका साथ नेपालभर यो दिवस मनाइदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन