गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुममा विभिन्न कार्यक्रमका साथ भोली २७ गतेदेखी २९ गतेसम्म अन्र्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । 

विरामीहरुलाई फलफुल वितरण, विद्यालयमा वक्तृत्वकला, रक्तदान कार्यक्रम, युवा वहस, र्याली, कोणसभा, युवा स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुममा विभिन्न कार्यक्रमका साथ भोली २७ गतेदेखी २९ गतेसम्म अन्र्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । 

विरामीहरुलाई फलफुल वितरण, विद्यालयमा वक्तृत्वकला, रक्तदान कार्यक्रम, युवा वहस, र्याली, कोणसभा, युवा स्"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा अन्तर्राष्ट्रिय युवा दिवस मनाईदै

२०७३, २७ श्रावण बिहीबार ०८:३३

गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुममा विभिन्न कार्यक्रमका साथ भोली २७ गतेदेखी २९ गतेसम्म अन्र्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । 

विरामीहरुलाई फलफुल वितरण, विद्यालयमा वक्तृत्वकला, रक्तदान कार्यक्रम, युवा वहस, र्याली, कोणसभा, युवा स्तम्भ शिलान्यास लगायतका कार्यक्रम गरी दिवस मनाउन थालिएको हो । 

जिल्ला विकास समिति र संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष यूएनएफपीएको सहयोग र जिल्ला युवा समन्वय समितिको आयोजनामा मनाइने कार्यक्रममा सहभागिताको लागी आयोजकले जिल्ला स्थित सरोकारवाला निकाय, पत्रकार, युवा संजाल, युवा क्लवमा आवद्ध युवाहरु, विद्यार्थीहरु लगायतलाई अनुरोध गरेको छ । 

दिवसका अवसरमा आयोजित कार्यक्रम अनुसार भोली २७ गते विहान जिल्ला अस्पताल सल्ले रुकुममा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण, बाल कल्याण मावि सोलावाङ, महाकाली मावि सिस्नेखोला समिबोट, पशुपति मावि रातामाटा र त्रिपुरा उच्च मावि छिङमा विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता संचालन गरिनेछ । 

वक्तृत्वकला प्रतियोगिताको शिर्षक “गरिवी निवारणमा युवाको भुमिका” रहेको आयोजकले जानकारी दिएको छ । त्यसैगरी २८ गते विहान ७ वजे ¥याली, कोणसभा, पुरस्कार वितरण र मुसिकोट १ मठ स्थित युवा स्तम्भको शिलान्यास गर्ने कार्यक्रम रहेको जिल्ला युवा समन्वय समितिका संयोजक वीरवहादुर मल्लले जानकारी दिनुभयो । 

दिवसै दिन काठमाण्डौं, नेपालगंज र दाङ लगायत ब्लड वैंकको पहुंचको नजिकमा रहेका रुकुम जिल्लाका युवाहरु रक्तदान गर्ने कार्यक्रम पनि राखिएको संयोजक मल्लले वताउनुभयो । आयोजकले रक्तदान कार्यक्रममा सहभागि हुन काठमाण्डौं, नेपालगंज र दाङमा वस्दै आएका रुकुमेली युवाहरुलाई अनुरोध समेत गरेको छ । 

दिवसको अन्तिम दिन २९ गते जिल्लामा युवा वहस संचालन गरिनेछ । मुसिकोट खलंगामा हुने सरोकारवाला निकाय र युवाहरु विचको वहसलाई स्थानीय रेडियोहरुबाट समेत प्रशारणको व्यवस्था मिलाइने भएकाले युवा वहसमा सहभागि भई महत्वपूर्ण छलफलमा सहभागि हुन सवैमा अनुरोध गरिएको छ । 

गरिवी उन्मुलनमा युवा प्रतिवद्धता–उपभोगमा आत्मनिर्भरता भन्ने राष्ट्रिय नाराका साथ नेपालभर यो दिवस मनाइदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी