साउन २७, पर्वत | पछिल्लो समयमा जिल्लाको सदरमुकामका रुपमा रहेको कुश्मा बजार असुरक्षित भएको नागरिकले महसुस गरिरहेका छन् । चौविसै घण्टा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, पर्वत | पछिल्लो समयमा जिल्लाको सदरमुकामका रुपमा रहेको कुश्मा बजार असुरक्षित भएको नागरिकले महसुस गरिरहेका छन् । चौविसै घण्टा"/>
२०८२, ३ फाल्गुन आईतवार
पर्बत - PBT

असुरक्षित बन्दै कुश्मा बजार

२०७३, २७ श्रावण बिहीबार ०९:१२

साउन २७, पर्वत | पछिल्लो समयमा जिल्लाको सदरमुकामका रुपमा रहेको कुश्मा बजार असुरक्षित भएको नागरिकले महसुस गरिरहेका छन् । चौविसै घण्टा सिसि क्योमराको निगरानी र चोकचोकमा प्रहरी विटबाट सुरक्षा दिइरहेको कुश्मा बजारमा पछिल्लो समय असुरक्षित जस्तै बन्दै गएको छ । 

केहि साता अगाडीमात्रै बजारबाटै दूइ घरबाट लाखौको धनमाल चोरी भएको खबर सेलाउन नपाउँदै जिल्लामा रहेको बसपार्क समेत असुरक्षित रहेको देखिन थालेको छ । आइतबार साँझपख बसपार्कमा पार्किङका  गाडीमा आगजानी भएको छ जून सुरक्षाको हिसाबले संवेदनशील देखिएको छ । ग १ ख ४९३६ को गाडीको इन्जीन भाग बाहेक अरु जलेको छ भने ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीको पाँच प्रतिशत भागमा क्षति भएको छ । कुश्मा बजार असुरक्षित हुदै गएतापनि सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेका छन् । जसका कारण पनि कुश्मा बजार दिनप्रत्येक दिन असुरक्षित हुदै गएको नागरिकले महसुस गरिहेका छन् । 

कुश्मा बजारकै खरेहमा एक युवकको शब फेला परेको थियो । पछिल्लो समयमा सुरक्षाका हिसाबले जिल्ला असुरक्षित हुदै गएको होकी भन्ने आम नागरिकले महसुस गरेका छन् । साँझपख भएको बसपार्कमा सवारी साधनको आगोलागीले प्रहरी प्रशासन, कुश्मा नगरपालिका तथा सरोकारवाला निकायमाथि प्रश्न चिन्ह उठेको छ ।

लागुऔषधका कारण

जिल्लामा पछिल्लो पटक घटेका घटनामा लागुऔषधको कारक भएको प्रहरीले प्रराम्भीक अनुमान गरेको छ । बसपार्कमा भएको आगोलागीमा संलंग्लन तीन बालकलाइ्र्र नियन्त्रणमा लिएको र सोधपुछ गर्दा चुरोट सल्काउँदा आगोलागी भएको बयान दिएको प्रहरीले जनाएका छ ।  प्रनाउ गंगा पन्तले जिल्लामा चोरीको घटना बढ्नुमा पनि लागुऔषध चुरोट, गाँजा सेवन गर्नेहरुकै कारक भएको बताएकी छिन् । उनले कुलतमा लागेकाहरुको इच्छा आकाक्षा परिवारबाट पुरा हुदैन त्यसपछि चोरी डकैतीमा लाग्ने बताई । चोर्री गर्नेहरुको खोजतलास भैरहेको समेत उनले जानकारी दिइन ।

जिल्लामा लागु्औषध दुव्यर्सनीमा लाग्नेहरुको संख्या क्रमश बढ्न थालेको उनको तर्क छ ।  घरेलु मदिराका कारण महिला हिंसा, कलह, झगडा हुने गरेको छ । तर नागरिक सचेत भइ त्यसको प्रतिकारको लागि भने अझै पनि लाग्न नसेको उनको तर्क छ । जसका कारण पनि लागुऔषध तथा मद्यपान र धुम्रपान गर्नेको संख्या बृद्धि हुदै गएको छ जसका कारण समाजमा अप्रिय घटनाहरु हुनेगर्छन । तर सरोकारवाला निकाय मौन छ ।

नगरपालिका उदासिन

कुश्मा नगरपालिकाको नगरपरिसरको स्थान्ति सुव्यवस्था र नरबासीको जनधनको सुरक्षाको लागि पहल गर्नुपर्ने भएता पनि त्यसको लागि नगरपालिकाको कार्यालयले अझै पहल गर्न सकेको छ्र्रैन । नगरपालिका स्थापना भएको दुइ बर्ष पुग्दा पनि नगरको सुरक्षाको लागि नगरपालिका उदासिन जस्तै बनेको छ । नगरबासीको जनधनको सुरक्षाको लागि सुरक्षाका संयन्त्रको विकास गर्न नसकेको कुश्मा नगरपालिका अहिले सम्म जिल्लामा नगर प्रहरी राख्ने सोचमा नरहेको बताएको छ । नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले आर्थिक क्षमता कमजोर भएका कारण तल्लकाल नगरपालिकामा नगर प्रहरी राख्न नसकिएको बताए्र । उनले नगरको शान्ति सुरक्षाको लागि नागरिक समाज, गैरसरकारी संस्थासँग समन्वय गरेर जानुपर्ने पर्ने भन्दै नगरको सुरक्षा नगरपालिकाको मात्र नभई सुरक्षा निकायको पनि रहेको भन्दै जिम्मेवारीबाट अलग्गीन खोजे । नगरपालिकामा यस्ता अप्रिय घटना नघटु भन्नको लागि नगरपालिकाले सचेतना बाहेक अहिलेको अबस्थामा केहि गर्न नसक्ने उनको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ