2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

२० लाखको छात्रवृति

फागुन ६, बुधबारे । झापाको बुधबारेमा रहेको कर्णाली एजुकेशन
फाउन्डेसनले विहिबार आफ्नो १९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई सम्मान गर्दै सांस्कृतिक कार्यक्रमका साथ उसले
१९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय
व्यवस्थापन समिति अध्यक्ष धु्रवप्रसाद कोइरालाको सभापतित्व तथा समाजसेवी शिक्षासेवी ज्ञाननाथ पौड्यालको
प्रमुख आतिथ्यमा सम्मन्न कार्यक्रममा प्याप्सन झापाका उपाध्यक्ष संजीवकुमार प्रधान , प्याप्सन झापाका
सल्लाहकार महेन्द्र संग्रौला , बुधबारेका अग्रज समाजसेवी दिनानाथ ढकाल लगायत विभिन्न विद्यालयका
प्राचार्य तथा संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सो क्रममा विद्यालयले विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
कर्णाली शैक्षिक पुरस्कारबाट यसवर्षको प्रवेशिका परिक्षामा उत्कृष्ठ भएका सो विद्यालयका छात्र खगेन्द्र
घिमिरेलाई नगद ५ हजार सहित सम्मान गरिएको छ भने प्लस टुमा झापा प्रथम हुन सफल सोहि विद्यालयकी छात्रा
पूजा सुवेदीलाई विद्यालयले नगद ५ हजार सहित सम्मान गरेको छ । त्यस्तै जयदिव्य शेक्षिक पुरस्कारबाट मिना
पौड्याल पनि नगद १५ सय सहित सम्मानित भएकी छिन् ।

त्यस्तै नीजि
विद्यालय सहभागी जिल्ला स्तरिय कविता प्रतियोगितामा तेस्रो हुने सो विद्यालयका छात्रछात्रा विपुल
भट्टराई र रचना ओली पनि सम्मानित भएका छन् । उनीहरुलाई बोस्टन एजुकेशन फाउण्डेशनका अध्यक्ष सुमन
जमरकट्टेलले नगद १० हजार प्रदान गरेका छन् ।

शिक्षक अनिल
आचार्यले संचालन गरेको कार्यक्रममा विद्यालयका छात्र विपुल भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
शिक्षक सोमनाथ भट्टराईले स्वागत कविता प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका पाचार्य छत्रमणि आचार्यले
वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदनमा विद्यालयले एक वर्षमा ४ लाख ८० हजार
खुद आम्दानी गरेको जानकारी गराईएको छ भने २० लाख वरावरको १ सय २० जना छात्रछात्रालाई छात्रवृति प्रदान
गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई