Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सप्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ ८, राजविराज (रासस) । सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।</p><p>उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ&nbsp; । </p><p>यस्तै सप्तरीको शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।</p>