२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु

९ जेष्ठ २०७८, आईतवार १०:१९

खेमराज गौतम । जेठ ९, गलकोट (रासस) । कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेका अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न ‘टेलिमेडिसिन’ कार्यक्रम ल्याइएको छ । 

नगरपालिकाका पहलमा यो पाइलट प्रोजेक्टका रुपमा शुरु हुन थालेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।  जटिल प्रकारका समस्या गाउँकै स्वास्थ्यचौकीबाट समाधान गरिनेछ । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् । 

यसबाट जटिल तथा दीर्घरोगीले बढी स्वास्थ्य सेवा तथा परामर्श पाउने नगरपालिकाको अपेक्षा छ । नगरपालिका, एनआरएन युके र अन्तरराष्ट्रिय बागलुङ समाजले संयुक्त सहकार्यमा नगरपालिकामा नमूनाका रुपमा  ‘टेलिमेडिसिन’ कार्यक्रम शुरु हुन थालेको बताइएको छ ।  

कुनै पनि स्वास्थ्यसम्बन्धी जटिल समस्या आएमा स्थानीय स्वास्थ्यकर्मीले काठमाडौँ तथा पोखरा सिफारिस गर्नुपर्ने अवस्था रहँदै आएकामा अनलाइन माध्यमबाट विभिन्न देशमा रहेका विषय विशेषज्ञ चिकित्सकको सल्लाह एवं परामर्शमा औषधि उपचार तथा परामर्श गर्ने कार्यक्रम नै ‘टेलिमेडिसिन’ कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताउनुभयो ।

नगरपालिकामा स्वास्थ्य पहुँच बढाउन ‘टेलिमेडिसिन’ कार्यक्रम ल्याउनका लागि सहजीकरण गरिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । एनआरएनए अन्तरराष्ट्रिय समितिका महासचिव एवं अन्तरराष्ट्रिय बागलुङ समाजका सल्लाहाकार डा हेमराज शर्मा तथा चार भञ्ज्याङ तमु समाज युकेका अध्यक्ष चन्द्र गुरुङको पहलमा सो नगरपालिकामा नमूनाका रुपमा कार्यक्रम सञ्चालनमा आउनेछ ।  

यो कार्यक्रम प्रभावकारी हुँदै आएमा जिल्लाको दुर्गम पालिका ढोरपाटन, बडिगाडलगायतमा समेत शुरु गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले जानकारी दिनुभयो । चार भञ्ज्याङ तमु समाजले हाल पर्वतको फलेवास नगरपालिकामा सन् २०१३ देखि टेलिमेडिसिन सेवा सञ्चालन गरिसकेको छ । टेलिमेडिसिन सेवाका माध्यमबाट बिरामीका उपचारमा अन्तरराष्ट्रियस्तरको पहँुच राख्न सकिनेछ । 

अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त विशेषज्ञलाई अनलाइनमार्फत रोगको जानकारी र लक्षणसहितको रिपोर्ट पठाइने तथा सम्बन्धित रोगका विशेषज्ञले औषधि उपचार र परामर्श अनलाइनमार्फत पठाउने गर्दा दूरदराजमा रहेका दीर्घरोगीलाई निकै फाइदा पुग्नेछ । 

उक्त ‘टेलिमेडिसिन’ कार्यक्रममा विभिन्न देशका ७६६ मेडिकल प्रोफेसर जोडिने बताइएको छ । उहाँहरुले बिरामीको अवस्था बुझेर सल्लाह, सुझाव, औषधि तथा उपचार विधि अनलाइनमार्फत स्थानीय स्वास्थ्यकर्मीलाई पठाउनेछन् । स्थानीय स्वास्थ्यकर्मीले अनलाइनमार्फत आएका सुझाव तथा उपचार विधि अपनाएर सेवा दिने छन् ।  

उक्त नगरपालिकामा एउटा ‘टेलिमेडिसिन’को अनलाइन डेस्क स्थापना हुन्छ र त्यसमा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामार्फत आएका जिज्ञासा ‘टेलिमेडिसिन’मा राखेपछि सम्बन्धित रोगका विषयमा सम्बन्धित विशेषज्ञले उपचार पद्धति डेस्कमा पठाएपछि स्वास्थ्यकर्मीले सोहीअनुसार स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य