२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङ : पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का

९ जेष्ठ २०७८, आईतवार १४:३९

जेठ ९, लमजुङ (रासस) । लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मस्र्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन् । जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको परकम्पन्न हराउँदै जाने जनाएको छ । जिल्लामा बुधबारदेखि शनिबारसम्मको अवधिमा १०० वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, चार रेक्टरभन्दा माथिका छ वटा र सोभन्दा कमका ९४ वटा भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा अन्तिम पल्ट शनिबार साँझ ६ बजेर १८ मिनेट जाँदा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता कुनै पनि भूकम्पको धक्का भने जिल्लावासीले गरेका छैनन् ।

बुधबार बिहान गएको भूकम्पले मानवीयदेखि भौतिक संचरनामा क्षति पुगेको छ । जिल्लाका स्थानीयहरु पटकपटक दिनरात नै भूकम्पको धक्का गएपछि त्रसित भएका थिए । पटकपटक आएको भूकम्पको धक्काले कुनैपनि बेला ज्यान जाने हो कि भनेर शनिबारसम्म स्थानीयवासी त्रसित भएर बस्न बाध्य भएपनि आज बिहानैबाट कुनै धक्का महसुश गर्न नपरेपछि अब भने केही हुँदैन भनेर खुशी भएका छन् । 

स्थानीय वासिन्दा बुधबार रातिदेखि घर बाहिर सुत्न बाध्य थिए । रातिको समयमा समेत शुक्रबार रातिसम्म जिल्लामा पटकपटक भूकम्पको परकम्पन गएको थियो । जिल्लामा चार दिन र तीन रात पटक पटक भूकम्पको धक्का महशुस भइरहेको थियो । 

जिल्लामा सो भूकम्प जाँदा २०८ घर पूर्ण क्षति र २०० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाका छ जना घाइते भएका थिए । भूकम्प पीडितलाई तत्कालका लागि प्रशासनबाट केही राहत सामग्रीहरु पनि वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह