विमल धामी | साउन २७, कञ्चनपुर | बेलडाँडी नगरपालिकामा नगरस्तरीय सुपरिबेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुलाई २दिने सामाजीक जवाफदेहिता औजार तालिम दिईएको गो गो फाउण्डेशनले जनाएको छ । बुधवार देखी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | साउन २७, कञ्चनपुर | बेलडाँडी नगरपालिकामा नगरस्तरीय सुपरिबेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुलाई २दिने सामाजीक जवाफदेहिता औजार तालिम दिईएको गो गो फाउण्डेशनले जनाएको छ । बुधवार देखी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिमम"/>
२२ मंसिर २०८२, आईतवार
कन्चनपुर - KNC

बेल्डाँडीमा सामाजीक जवाफदेहिता औजार तालिम सम्पन्न

२७ श्रावण २०७३, बिहीबार १३:५३

विमल धामी | साउन २७, कञ्चनपुर | बेलडाँडी नगरपालिकामा नगरस्तरीय सुपरिबेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुलाई २दिने सामाजीक जवाफदेहिता औजार तालिम दिईएको गो गो फाउण्डेशनले जनाएको छ । बुधवार देखी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नगर स्तरीय अनुगमन समितिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दल, दलित प्रतिनिधी, महिला प्रतिनिधी, आदीबासी जनजाती प्रतिनिधी, बाल क्लब प्रतिनिधी लगायत अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व रहेको थियो ।

 तालिममा सार्वजनिक जवाफदेहिताका तिन वटा औजारहरु (सार्वजनिक परीक्षण, सामाजीक परीक्षण र सार्वजनिक सुनुवाई) को कानुनी ब्यबस्था, उद्देश्य, संबैधानिक अधिकार, कार्यबिधि २०६७ को बारेमा बृहत छलफल गरिएको बेल्डाँडी नगरपालिकाले जनाएको छ । साथै तालिममा सार्वजनिक जवाफदेहिता सम्बन्धि औजारका समानता र भिन्नता, उपभोक्ता समितिको गठन, सञ्चालन र ब्यबस्थापन सम्बन्धमा स्थानीय बिकास मन्त्रालयको निर्देशनमा समेत ब्यापक छलफल गर्नुका साथै समुह बिभाजन गरी सार्वजनिक परीक्षण, सामाजीक परीक्षण र सार्वजनिक सुनुवाईको अनुसुची अनुसार अभ्यास र प्रस्तुतिकरण गरिएको बेल्डाँडी नगरपालिकाका योजना अधिकृत तेज बहादुर सुनारले जानकारी गराउनु भयो ।

यस तालिम प्राप्त गरी सके पछि स्थानीय निकायबाट सञ्चालन हुने बिकास निर्माण कार्यक्रम तथा आयोजनाको लक्ष्य, उद्देश्य, बजेट तथा यसबाट प्राप्त उपलब्धि र खर्च बिबरण, आयोजनामा के कति रकम लगानी भयो ? के मा कति खर्च भयो ? कामको गुणस्तर कस्तो छ, खर्च कसरी गरियो  भन्ने वारेमा आम्दानी खर्चको लेखाजोखा गरी मूल्यांकनका साथै योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक सामाजिक विकासमा पारेको समग्र योगदानको लेखाजोखा, विश्लेषण र मूल्यांकन, सेवाप्रदायक संस्थाको सामाजिक जिम्मेवारीको लेखाजोखाका साथै सरोकारवाला सर्वसाधारण नागरिक र अधिकारमा बसेका स्थानीय निकायका सेवाप्रदायक पदाधिकारीहरु बीच सार्वजनिक सेवाको गुणस्तर सम्बन्धी चासोका विषयसँग सम्बन्धित औजारहरुको बारेमा स्पष्ट भएको मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का राज बहादुर चौधरीले बताउनु भयो ।

सो तालिममा ग्क्ब्क्ष्म् का प्रतिनिधी राजेश झा, ल्ल्क्ध्ब् कञ्चनपुरका जिल्ला संयोजक बिनोद बिक्रम जैरुको उपस्थिति रहेको थियो भने तालिम सत्रको सञ्चालन गोगो फाउण्डेशनका प्रमुख प्रशिक्षक वेद प्रसाद चौधरीले गर्नु भएको थियो । यस्ता कार्यक्रम स्थानियलाई सजक गराउँन फेरी पनि गर्नु पर्नेमा सहभागिको जोड रेहको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य