२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा एन्टिजेन कीटको अभाव

२०७८, १३ जेष्ठ बिहीबार ०९:३२

जेठ १३, पर्वत (रासस)। गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसङ्ख्यालाई पुग्ने एण्टिजेन कीट माग गरेको बताएका छन् ।

करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४६÷४७ प्रतिशतमा कोभिड देखिएको बताउँदै स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले सङ्क्रमणको स्थिति हेर्दा कम्तीमा ५० हजार कीट चाहिएको बताउनुभयो । केही दिन पहिले ३५० कीट मात्रै आएको र केही क्षणमै सकिएको भण्डारीको भनाइ छ ।

स्वास्थ्य कार्यालयमा प्राप्त सबै कीट जिल्लाका सातवटा पालिकालाई ५० का दरले वितरण गरिसकिएको छ । पिसिआर मेसिन र जनशक्ति नभएका कारण स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ । पठाइएका स्वाबको नतिजा समयमै नआउँदा लामो समय लकडाउन हुँदा पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख डा भोजराज गौतमले बताउनुभयो । एण्टिजेन कीटमार्फत गरिएको परीक्षण पिसिआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमले सुझाव दिनुभयो ।

पालिकाहरुले पनि पिसिआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । सबैतिर स्थिति जटिल बन्दै गएको भन्दै प्रदेश र केन्द्र सरकार पन्छिँदै गएको आरोप जनप्रतिनिधिको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो