भास्कर के.सी | साउन २७, कञ्चनपुर | साउन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | साउन २७, कञ्चनपुर | साउन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभका"/>
2026-09-19 02:54 AM
कन्चनपुर - KNC

(फोनिज) कञ्चनपुर शाखाद्वारा स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान

भास्कर के.सी | साउन २७, कञ्चनपुर | साउन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो । प्रमुख अतिथि बसन्त कुमार गुरुङले नेपाल पत्रकार महासंघ, लगाएत सरकारी तथा गैर सरकारी निकाय बाट समेत आदिवासी जनजाति प्रत्रकारहरु लाई समन्वयमा कञ्जुसाई भइरहेकोले सम्बिन्धित निकायको कार्यशैलीमा सुधार हुनु पर्ने बताएका छन् । सभाध्यक्ष हेमन्ती चौधरीले आर्थिक बजेटमा आदिवासी जनाजाति पत्रकार महासंलाई सरकारी निकाय बाट बेबास्ता भएको र आदिवासी जनजाति पत्रकारहरु लाई विभिन्न सञ्चार गृहले तबल सुविधा बाट बञ्चित गरेकोले आदिवासी जनजाति पत्रकारहरुको पत्रकारीता पेशामा कमि आएको बताउनु भयो ।
 नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीले पत्रकार महासंघले आदिवासी पत्रकारहरु लाई महासंले विकास तथा क्रियाशिलताका लागि स्थान दिनएको र आदिवासी जनजाति पत्रकार महासंघले पनि पत्रकारीता क्षेत्रको विकासका लागि विभिन्न सरोकारबाला निकायमा समन्वय गर्नु पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका उपाध्यक्ष प्रेमवति रानाले अझै पनि नेपालका संचार माध्यमले जनजातिको मुद्धा लाई ओझेलमा पार्ने गरेकोले संचार माध्यम तथा पत्रकारहरु लाई यसो नगरिदिन अनुरोध गर्नु भयो । त्यसै गरि नागरिक समाजका अगुवा बल बहादुर डंगौराले पार्टि पिछ्छे खुलेको पत्रकार संगठनहरु पत्रकारीता पेशा भन्दा पार्टिका सिद्धान्त प्रति पत्रकारको झुकाब बढेकाले पत्रकारीता पेशा लाई मर्यादित बनाउन आग्रह गर्नु भयो ।
 होटेल ओपेरामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न संचार माध्यममा आवद्ध २० जना पत्रकारले आ–आफ्नो भनाई तथा शुभकामना मन्तव्य राखेका थिए । फोनिजमा ४६ जिल्ला शाखा, ४ विदेश शाखा रहेको छन् भने यसै गरी ८ वटा जातीय पत्रकार संस्थाहरु यसमा आवद्ध फोनिजमा करीब ४ हजार व्यावसायिक पत्रकार आवद्ध छन् । फोनिज कोषध्यक्ष रामचन्द्र कुश्मीले संचालन गरेको उक्त कार्यक्रमको रेडियो पहिचान, शुक्लाफाँटा एफ।एम र रेडियो प्रभु एफ।एम बाट प्रत्यक्ष प्रसारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई