भास्कर के.सी | साउन २७, कञ्चनपुर | साउन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | साउन २७, कञ्चनपुर | साउन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभका"/>
२२ मंसिर २०८२, आईतवार
कन्चनपुर - KNC

(फोनिज) कञ्चनपुर शाखाद्वारा स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान

२७ श्रावण २०७३, बिहीबार १४:१२

भास्कर के.सी | साउन २७, कञ्चनपुर | साउन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो । प्रमुख अतिथि बसन्त कुमार गुरुङले नेपाल पत्रकार महासंघ, लगाएत सरकारी तथा गैर सरकारी निकाय बाट समेत आदिवासी जनजाति प्रत्रकारहरु लाई समन्वयमा कञ्जुसाई भइरहेकोले सम्बिन्धित निकायको कार्यशैलीमा सुधार हुनु पर्ने बताएका छन् । सभाध्यक्ष हेमन्ती चौधरीले आर्थिक बजेटमा आदिवासी जनाजाति पत्रकार महासंलाई सरकारी निकाय बाट बेबास्ता भएको र आदिवासी जनजाति पत्रकारहरु लाई विभिन्न सञ्चार गृहले तबल सुविधा बाट बञ्चित गरेकोले आदिवासी जनजाति पत्रकारहरुको पत्रकारीता पेशामा कमि आएको बताउनु भयो ।
 नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीले पत्रकार महासंघले आदिवासी पत्रकारहरु लाई महासंले विकास तथा क्रियाशिलताका लागि स्थान दिनएको र आदिवासी जनजाति पत्रकार महासंघले पनि पत्रकारीता क्षेत्रको विकासका लागि विभिन्न सरोकारबाला निकायमा समन्वय गर्नु पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका उपाध्यक्ष प्रेमवति रानाले अझै पनि नेपालका संचार माध्यमले जनजातिको मुद्धा लाई ओझेलमा पार्ने गरेकोले संचार माध्यम तथा पत्रकारहरु लाई यसो नगरिदिन अनुरोध गर्नु भयो । त्यसै गरि नागरिक समाजका अगुवा बल बहादुर डंगौराले पार्टि पिछ्छे खुलेको पत्रकार संगठनहरु पत्रकारीता पेशा भन्दा पार्टिका सिद्धान्त प्रति पत्रकारको झुकाब बढेकाले पत्रकारीता पेशा लाई मर्यादित बनाउन आग्रह गर्नु भयो ।
 होटेल ओपेरामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न संचार माध्यममा आवद्ध २० जना पत्रकारले आ–आफ्नो भनाई तथा शुभकामना मन्तव्य राखेका थिए । फोनिजमा ४६ जिल्ला शाखा, ४ विदेश शाखा रहेको छन् भने यसै गरी ८ वटा जातीय पत्रकार संस्थाहरु यसमा आवद्ध फोनिजमा करीब ४ हजार व्यावसायिक पत्रकार आवद्ध छन् । फोनिज कोषध्यक्ष रामचन्द्र कुश्मीले संचालन गरेको उक्त कार्यक्रमको रेडियो पहिचान, शुक्लाफाँटा एफ।एम र रेडियो प्रभु एफ।एम बाट प्रत्यक्ष प्रसारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य