2026-09-13 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो, एक साता निषेधाज्ञा थप

जेठ १५, गलकोट (रासस) । जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन्  । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन सङ्क्रमितको मृत्यु भएको छ । उनीहरु अन्तिममा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो । बागलुङमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने सक्रिय सङ्क्रमित ९६५ पुगेका छन् । 

कोरोनाको गम्भिर लक्षण देखिदा समेत सङ्क्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी मृत्यु भएको देव घिमिरेले बताउनुभयो ।

“अक्सिजन लेवलको विषयमा जानकारी नराख्ने, लक्षण देखिदा समेत घरमै बस्ने, एक्कासी बेहोस भई ढल्दा अथवा श्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ”, घिमिरेले भन्नुभयो “अक्सिजन लेबल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भएपनि अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्यु हुने संभावना बढी देखियो ।” 

प्रत्येक सङ्क्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा सम्लग्न धौलागिरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । “केही बिरामीमा निकै कडा लक्षण देखिन्छ जसकाकारण उसको निमोनिया समेत घटाउन कठिन हुन्छ”, पोखरेलले भन्नुभयो, “केहीले अझै कोरोना लुकाउनुभएको छ त्यसकारण भित्रभित्र उहाँको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही शुरुमै अस्पताल आएपनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोग समेत भएका कारण मृत्यु भएको पाइएको छ । ”

पोखरेलका अनुसार सङ्क्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्र्पकमा रहने, शारीरिक व्यायाम गर्ने तथा श्वास्प्रस्वासको विषयमा जानकारी लिने, स्वस्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउँदा सहज हुँनेछ । घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्सिजन परीक्षण नगर्नु तथा एक्कासी समस्या भएपछि मात्रै स्वास्थ्यकर्मीसँगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ ।  

शुक्रबार दुईको धौलागिरी अस्पताल र एकको ढोरपाटन कोरोना अस्पातलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ । यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरुषको मृत्यु भएको हो । बिहीबार बडिगाडमा कोरोना शंकास्पद पुरुषको समेत अस्पताल आउनासाथ मृत्यु भएको थियो । 

बागलुङमा एक साता निषेधाज्ञा थप 

बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा भएको हो । संक्रमणको दरमा कमी नआएपछि  जेठ एक गतेदेखि १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन