१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

१७ जेष्ठ २०७८, सोमबार १०:४०

जेठ १७, गण्डकी (रासस)। गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखापरेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित हुने बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट हुने क्षति र असरलाई कम गर्न रोकथाम, नियन्त्रण र औषधोपचार तथा सबै नागरिकलाई खोप उपलब्ध गराउने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वय र सम्बन्धलाई थप सुदृढ गरिने बताउँदै उहाँले भन्नुभयो, ‘‘कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउँदै पुनः पहिलेको अवस्थामा फर्काउनेतर्फ लागिने छ ।’’ 

पूर्वाधार विकास, उत्पादनमुखी साथै गरिबी निवारणका कार्यक्रमलाई जोड दिइने मन्त्री गुरुङको भनाइ छ । उहाँले प्रदेशको राजश्व प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमा आधारित बनाई आन्तरिक आयलाई प्रदेशको आम्दानीको मूल आधारका रुपमा विकास गर्न जोड दिइने छ भन्नुुभयो । सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधन केन्द्रित गरिने मन्त्री गुरुङले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी